गुल्मी, मुसिकोट: भाद्र २३ र २४ गते देशभरी GenZ उमेर समुहले शुसासन र भ्रष्टचारमुक्त देशको पक्षमा आन्दोलन भयो सो क्रममा मुसिकोट नगरपालिका गुल्मीमा पनि सो उमेर समुहले २४ गते आन्दोलन गरेका छ्न ।
मुसिकोटका सो उमेर समुहका युवाहरु वामी टक्सारको जिप पार्कमा भेला भएर वामी बजार परिपरी नारा बाजि गर्दै उक्त आन्दोलनको भिड मुसिकोट नगरपालिकाको प्रशासकीय भवनमा अगाडी समेत गएर मेयर लगायतको राजिनामाको माग गर्दै आन्दोलन गरेका थिए ।
उक्त आन्दोलनमा नगरपालिका भवनमा भौतिक क्षती समेत भएको छ तर आन्दोलनमा पार्टीका केहि नेताहरु आएर धमिलो बनाई नगरपालिका भवन क्षेती गर्न हौसला दिएको र युवाको आन्दोलनको फाईदा लिन खोज्ने कुनै पार्टीका नेतालाई यत्तिकै नछोड्ने युवा नबिन छन्त्यालले सामाजिक संजाल फेसबुक मार्फत चुनौती दिएका छ्न ।
हामी स्वतस्फूर्त भष्टचार विरुद्ध सुशासनको पक्षमा नारा जुलिस गर्दै अघि बढ्दै थियौ पार्टीका केहि युवा र नेता आएर हाम्रो शाब्तिपुर्ण आन्दोलनलाई पार्टीको स्वार्थमा प्रयोग गरेर जस लिन खोजे अर्का अन्दोलनमा सहभागी युवाले बताए ।
सो आन्दोलनले २४ गते नगरपालिकामा आफ्नो आफ्नो काम गरिरहेका कर्मचारीलाई बाहिर निकालेर आफ्नो ताला लगाएका थिए। उक्त दिन नगर प्रमुख र उप प्रमुख अनुपस्थित हुनुहुन्थ्यो ।
हिजो २५ गते र आज २६ गते प्रशासकीय अधिकृत लगायत कर्मचारीहरु कार्यालयमा उपस्थित भएको तर ताला नखुलेकोले नगरपालिका भवन वरीपरी सरसफाई गरि फर्केको प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले बताउनु भयो ।
हामीले मुसिकोट नगरपालिकाका नगरप्रमुख जिवलाल खरेल (जिवन)लाई पटक पटक सम्प्रक गर्न खोज्दा उहाँ सम्पर्कमा आउनु भएको छैन ।