बसन्त अधिकारी, गुल्मी :
गुल्मीको मुसिकोट नगरपालिका -६ कुर्घामा अवस्थित मालिका मन्दिरमा कार्तिक पूर्णिमाको अवसर पारी हरेक वर्ष आयोजना हुँदै आएको मेला यस वर्ष  कार्तिक १५ देखि १९ गतेसम्म सञ्चालन हुने भएको छ ।
परम्परादेखि नै यहाँ चिच्याएर बर माग्ने अनौठो मेला लाग्ने गर्दछ । यस वर्ष जोग परेका कारण विगतका वर्षभन्दा भक्तजनको सङ्ख्या बढी हुने अनुमान गरिएको मन्दिरका मुख्य पण्डित टीकाराम उपाध्यायले बताउनु भयो ।
तिहारपछिको पूर्णिमामा मालिका मेला लाग्ने गर्दछ भने उक्त पूर्णिमा कार्तिक महिनाभित्र परेमा जोग परेको मानिने प्रचलन रहेको छ । उक्त प्रचलन अनुसार जोग परेको समयमा मन्दिरमा पूजा गरेर वर मागेमा मालिका माईले पूरा गरिदिने जनविश्वास रेहेको मालिका पुर्णिमा मेला संयोजक कृष्णहरी अर्यालले जानकारी दिनुभयो।
 परापूर्व कालमा मालिकाको घनाजङलमा तपस्यी ऋषि आई जङ्गलकोबीचमा तपस्या गरेपछि त्यस जङ्गलमा पानीको अभावले काकाकुल भएका जंगली जनावरलाई पानी वरदान पाएको र शक्ति प्राप्त गरेको किमबदन्तीमा उल्लेख रहेको सो वडाका वडा अध्यक्ष खड्क बहादुर खड्काले जानकारी दिनुभयो ।

मालिके बजै कानले नसुन्ने बहिरी भएकाले भक्तजनले मालिका मन्दिर पानी खस्ने ठाउँ नजिकै पुगेर चिच्याएर मनमा चिताएको बर मागेमा बज्यैले पूरा गरिदिने जनविश्वास रहेको छ । यही विश्वासका कारण यहाँ हरेक वर्ष तिहारपछिको पूर्णिमामा मेलामा हजारौँ भक्तजन बर माग्ने मेलामा सहभागी हुने मेला ईन्जार्च रेशम कुर्घेलीले बताउनु भयो ।
 यहाँ परापूर्व कालदेखि नै बर माग्नका लागि नेपालका विभिन्न जिल्लासहित भारतबाट समेत भक्तजन आउने गरेको स्थानीयहरु बताउँछन् । यो वर्ष पचास हजार भन्दा बढी भक्तजन बर माग्नका लागि मेलामा सहभागी हुने अपेक्षा गरिएको मेला व्यवस्थापन समितिका सचिब दीपक थापाले बताउनु भयो ।

मेलालाई थप आकर्षक बनाउन खुल्ला वडा स्तरीय भलिवल प्रतियोगिता, भेट्रान्स भलिबल, खुल्ला एकल रेकर्ड नृत्य प्रतियोगिता, घैटोफोर, भाले छोपाई, कुर्चिदौड प्रतियोगिता तथा कार्तिक १७, १८ र १९ गते राष्ट्रिय कलाकारहरु प्रीति आले, डिप्लभ खाति, सम्झना रणपाल, बबिता धिताल, कमल बराल, मदन गोतामे बिश्वकर्मा, बिनिता परियार लगाएत स्थानिय कलाकारहरुको प्रस्तुति साथै कुर्घेली भजन समुहको भजन प्रस्तुत समेत गरिने कार्यक्रम रहेको कार्यक्रम सफल बनाउन खटिईरहनु भएका युवा अभियन्ता हाल जापानमा कार्यरत हिरा थापा मगरले बताउनु भयो ।
 खुल्ला वडा स्तरीय भलिवल प्रतियोगितामा २ जना समन्धित वडा बाहेक बाहिरी खेलाडी समावेश गर्न सकिने गरि खेल तय गरिएको खेल संयोजक सुमन बि.क. ले बताउनु भयो ।
खुल्ला वडा स्तरीय भलिवल प्रतियोगितामा २ जना समन्धित वडा बाहेक बाहिरी खेलाडी समावेश गर्न सकिने गरि खेल तय गरिएको खेल संयोजक सुमन बि.क. ले बताउनु भयो ।
मेला व्यवस्थापनका लागि सर्वपक्षीय छलफल गरि मेला व्यवस्थापन, शान्ति सुरक्षा, भक्तजनका लागि चियाको ब्यबस्था गर्ने गरि तयारी गरिएको छ ।