गुल्मी: मुसिकोट नगरपालिका वडा नं. ३, ठुलोपोखरा नजिक ट्रीपर दुर्घटना हुँदा चालक घाईते भएका छ्न ।
कार्तिक १८ गते सांझ ७:२० तिरको समयमा ग १ क ४१८१ नं. को ट्रीपर गिटी अनलोड गरि फर्कने क्रममा गाडी पछाडी गर्दा दुर्घटना भएर करिब ८/९ सय मिटर तल छेद बिच्छेद भएको छ ।
दुर्घटनामा छत्रदेव गा.पा. वडा नं. ८ नेटा स्थायी घर भइ हाल मुसिकोट ४ लसाहामा बसोवास गर्दै आएका चालक अन्दाज २७ वर्षिय अर्जुन पाण्डे ( नखु) मध्यम घाईते भएको ठुलोपोखरा अस्थायी प्रहरी चौकी ईन्चार्ज हवलदार अधिर थापाले जानकारी दिनुभयो ।

