गुल्मी, मुसिकोट: गुल्मीको मुसिकोट ९ अर्लाङकोटमा जन्मेर लामो समयदेखि अष्ट्रेलिया बस्दै आउनु भएका समाजसेवी भेषऱाज सापकोटाको भजन एल्बम “सद्दे मनको बैराग्य” सार्वजनिक भएको छ ।
बच्चा देखि वृद्ध सम्म सन्त देखि गृहस्त सम्म सबै लाई मनछुने खालको यो भजनको नाम “सद्दे मनको बैराग्य” रहेको छ यो भजन शब्द रचनामा कलम चलाउनु हुने भजनकार हेमनाथ खराल, भजनमा संगीत भर्नुहुने प्रकाश सापकोटा आफैमा गायक पनि हुनहुन्छ।
यस एल्बम् को सबै भन्दा बलियो पाटो/आकर्षण भोकलमा युग श्रष्टा बसन्त थापा स्वयम् ले त्यो कर्ण माधुर्य रागीस्वर भर्नु भएको छ, अन्य गायनमा सुनिता बुढा, “नारद बा” भेषराज सापकोटा बीबी अनुरागी रमेश बिश्वकर्मा लगायत दस जना कलाकारले गाउनुभएको भनेर जानकारी छ।
भजनकार हेमनाथ भन्छन् वरिष्ठ संगीत गुरु बिबि अनुरागीको संगीत समायोजन रहेको यो भजनको गुणस्तरीय अडियो प्रिज्मा स्टुडियो बबरमहल बाट निर्माण गरिएको छ।
चर्चित संगीत इन्जिनियर श्यामस्वेत रसाइलीको मिसिंग/मास्टरिंगको कारणले गर्दा पनि यो भजन सबैको मनमा बस्ने खालको छ।
केशवराज भट्टको निर्देशन तथा अति प्रसिद्ध अडिटर प्रबिण भट्टको सम्पादन मा रहेको यो भजनमा सुप्रसिद्ध मोडल सुरेश कोहली, स्मारीका ढकाल, पवित्रा पौडेल, भेषराज सापकोटा लगायतले दमदार नृत्य अभिनय गरेका छन्।
सरस्वती भजन मण्डली चितवन तथा चितवन गैडाकोटमा बस्नुभएका हाम्रो मुसिकोट नगरी बिशेष गरेर अर्लाङकोट वामीका सयौं श्रद्धालुहरूको सहभागितामा निर्माण गरिएको यो भजनको सुटिङ स्पोर्ट देवघाट धाम स्थित हरिहर सन्यास आश्रम र गलेश्वर आश्रम रहेका छन्, भिडियो मा त्यहाँका सयौं भक्त भक्तिनी सयौं विद्यार्थीहरू को उल्लेख्य सहभागिता रहेको भजनमा ब्रह्मचारीको भूमिकामा रहेको भिडियो मा देख्न सकिन्छ कोकिल कन्ठी गायिका सुनिता बुढा क्षेत्रिको अफिसियल युट्युब च्यानल मार्फत यो भजन आज मात्रै सार्वजनिक भएको रहेछ हाम्रो मुसिकोट नगरले जन्मएका अधिकांस कलाकार हरुको सहभागिता रहेको यो भजन, गुरुकुल प्रणाली ज्ञान, दर्सन र संगीतले सुसज्ज्जित बडो ऐतिहाँसीक एल्बम् बनेको रहेछ।
भिडियो

