मिर्मिरे लघुवित्त वित्तीय संस्थाले ५१ हजार कित्ता ३१६ कित्ता एफपीओ निष्काशन गर्ने भएको छ । यस कम्पनीले ३७ हजार २ सय ६० कित्ता एफपीओ (FPO) निष्काशन गर्ने जनाएकोमा अहिले बढाएर ५१ हजार ३१६ कित्ता सेयर पुर्याएको छ ।
एफपीओ (FPO) निष्काशन सम्बन्धी कार्य गर्न कम्पनीले यसअघिनै नेपाल एसबीआई मर्चेन्ट बैंकिङसँग सम्झौता गरिसकेको छ ।
यसर्थ, मिर्मिरेको एफपीओमा बिक्री प्रबन्धकको काम नेपाल एसबीआईमर्चेन्ट बैंकिङले गर्नेछ ।