आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सोमबार सम्पन्न सभाले सर्वसाधारणलाई प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने प्रस्ताव पारित भएकाे छ ।
सभाले धिताेपत्र दर्ता गरी सर्वसाधारणलाई प्रारम्भिक सेयर (आईपीओ) निष्कासन गर्ने विशेष प्रस्तावलाई पारित भएकाे छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्कासन गर्दैछ ।
आईपीओ निष्कासनपश्चात् कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।
सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालको अध्यक्षतामा सम्पन्न भएकाे सभाले आर्थिक वर्ष २०७५/७६ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७५/७६ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र त्यस सम्बन्धीत अनुसूची तथा एनएफआरएस प्रणाली लागु गरी तयार गरीएको वित्तीय विवरण माथि छलफल गरी पारित गरेको छ ।