छड्के न्युज ,गुल्मी\गुल्मीमा पछिल्लो २४ घण्टामा ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पिसिआर परिक्षण गर्दा ५ जना र ऐन्टिजेन परिक्षणको क्रममा ५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय गुल्मीका कोभिड १९ फोकल पर्सन गोपाल कार्कीले जानकारी दिनुभयो ।
जिल्लाको रेसुङ्गा नगरपालिकामा २४ जना, मुसिकोट नगरपालिकामा ५ जना, धुर्कोट गाउँपालिकामा ३ जना, सत्यवती गाउँपालिकामा १ जना, छत्रकोट गाउँपालिकामा ८ जना, रुरुक्षेत्र गाउँपालिकामा १३ जना र इस्मा गाउँपालिकामा १ जना गरी ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमित डिस्चार्ज भएका छन । जिल्लामा संक्रिय संक्रमित ६ सय २२ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । जिल्लामा दोस्रो लहर सुरु भएपछि कोरोना भाइरस संक्रमणका कारण ९४ जनाले ज्यान गुमाएका छन । संक्रमणदर बढदै जान थाले पछि श्रावण ३२ गतेसम्म कडाईका साथ निषेधाज्ञाको समय थप गरिएको छ ।