माधव बेल्वासे \अर्घाखाँची- अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नं ५ मैदानमा काम गर्ने क्रममा बेपत्ता भएका एकजना युवा मृत भेटिएका छन् । पाणिनी गाँउपालिका वडा न ६ धातिवाङ्गको लाम्डाडा घर भएका अन्दाजी ४३ वर्षका मानबहादुर सुनारको पहिरोमा पुरिएर मृत्यु भएको प्रहरिले जानाकारि दिएको छ ।
आज दिउसो पहिरोमा पुरिएका सुनार घर पलास्टर गर्नका लागी मजदुरी गर्न मैदान पुगेका हुन् । घरमा सिमेन्ट लगाउँन आएका सुनारले घर फर्कन पाएनन बरु आफ्ना सबै सपना बिर्सजन गरेका छन्।माथिबाट खसेको पहिरोमा परेर सुनार पुरिएको वडा नं ५ का वडा अध्यक्ष जिवलाल घिमिरेले बताए । पहिरो खस्दा घरमा भने क्षती भएको छैन, मृतक एक्लैले काम गरिरहेका थिए । घटना पश्चात जेसिभीको प्रयोग गरेर सुनारको शव पुरिएको अवस्थामा निकालीएको हो । बेलुका करिब ५ बजेतिर घटना भएको थियो ।