अध्ययन गर्ने सबैको आ–आफ्नो तरिका हुन्छ । लोक सेवा तयारी गर्ने लेवलमा आइपुग्नुभएका सबैले एउटा शैक्षिक दक्षता हासिल गरेरै आउनुभएको हुन्छ । त्यसैले पढ्ने तरिका यो मात्रै हो, यसरी नै पढ्नुपर्छ भन्ने केही छैन ।एकदमै सामान्य लाग्ने यो सुझाव सुन्दा अचम्मको लाग्न सक्छ । लोक सेवाको तयारीमा जुटेका अधिकांश परीक्षार्थीलाई तोकिएको पाठ्यक्रममा के छ भन्ने समेत स्पस्टरूपमा जानकारी हुँदैन ।
यसले एकातर्फ परीक्षार्थीको कन्फिडेन्स लेबललाई घटाउँछ भने अर्कोतर्फ विषयगत परीक्षाका केही च्यालेन्जिङ र डिटरमाइनिङ प्रश्नहरूमा परीक्षार्थीलाई अनुत्तरित हुनबाट जोगाउन सक्दैन । पाठ्यक्रममा के छ भनेर भन्न सक्ने सम्म भएमा पनि यसले परीक्षामा ठूलै मद्दत गर्न सक्छ । परम्परागत शैलीको अध्ययनले अबको आवश्यकतालाई पूरा गर्न सक्दैन । हाल परीक्षामा सोधिने नयाँ शैलीका प्रश्नको समाधान गर्न अध्ययनको दायरालाई बृहत् पार्नु अनिवार्य भइसकेको छ ।
समसायिक राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयवस्तुलाई ध्यानमा राख्नुपर्ने हुन्छ । लेख्दा जहिले पनि लामो गफ लेख्नुहुँदैन । धेरै विद्यार्थीहरुलाई प्रश्नको उत्तर आफूलाई जानेजस्तो लाग्छ र आफ्नो तरिकाले धेरै लेख्ने हुन्छ । वास्तवमा प्रश्नले सोधेको के थियो रु भन्ने आधारमा मात्रै उत्तर दिनुपर्छ । प्रश्नले एउटा उत्तर खोजेको हुन्छ, हामीले मिल्दोजुल्दो लेखेर आउँछौँ । जाँच पनि राम्रो भएजस्तो लाग्छ तर प्रश्नको उत्तर सही नहुन सक्छ ।
अर्को महत्वपूर्ण कुरा समयको व्यवस्थापन हो । प्रश्नलाई र दिइएको समयलाई ध्यानमा राखेर सबै प्रश्नलाई छोएर लेख्न सकियो भने नतिजामा सकारात्मक प्रभाव पर्छ । समय व्यवस्थापन नहुँदा कुनै प्रश्न असाध्यै राम्रो हुँदा पनि कुनै प्रश्न छोडियो भने त्यसले राम्रो गर्दैन । यो विषयमा पनि ख्याल गर्नुपर्छ ।लिखितमा सफल भइसकेको मान्छे अन्तर्वार्तासँग सम्बन्धित विषयमा त्यत्ति ठूलो फरक पनि हुँदैन र फालिने सम्भावना कम हुन्छ । त्यसैले जति सक्दो लिखित परीक्षामै सबैलाई उछिन्नतर्फ केन्द्रित हुनुपर्छ ।साभार :खबर सेन्टर