कृष्ण अन्जान, रुरु \छड्के न्युज,गुल्मी- कोभिड सँक्रमणको यतिवेला बढ्ने क्रममा छ ।गाउँ घरमा समुदायमा कोरोना सँक्रमण फैलिए सँगै एकातिर त्रास छ र अर्को तिर समुदायको आत्मबल बढउनु पर्ने अवस्था पनि उत्तिकै छ । बढ्दो कोरोना सँक्रमणले त्रसित समुदायलाई आत्मवलको आबश्यकता परिरहँदा रुरुक्षेत्र गाउँ पालिका भित्रका जन प्रतिनिधि हरु सँक्रमित क्षेत्रमा पुगेर आत्मवल बढाउने काम मा व्यस्त छन ।रुरुक्षेत्र १ का वडाध्यक्ष रामलाल विक सोमवार रुरु १ को भट्कुवा एक्लेपिपल क्षेत्रका सँक्रमित सँग भलाकुसारी र अवस्थाका बारेमा सोधपुछमा व्यस्त देखिन्थे।
सँक्रमित हरुलाई यतिवेला आत्मवलको खाँचो छ । जनप्रतिनिधि हरुले सँक्रमण कसरी कम गर्ने र सँक्रमितको मनोबल कसरी बढाउने भन्ने दायित्व वोध हुनु पर्नेमा वडाध्यक्ष विक ले जोड दिनु भयो ।वडा भित्र सँक्रमित क्षेत्रमा पुगेको छु आज यहाँ आएँ भोलि भट्कुवाको माथिल्लो गाउँका सँक्रमित सँग भेट्ने कार्यक्रम छ वडाध्यक्ष विकले बताए ।रुरुक्षेत्र ३ मा थानपतिमा पनि जनप्रतिनिधि हरु सँक्रमित को घरघरमा पुगेर कोभिड बारेको जनचेतना रआत्मवलबढाउने काममा व्यस्त देखिन्छन् ।हामी जनताबाट निर्वाचित प्रतिनिधि हौँ र जनता प्रति पुर्ण जिम्मेवार छौँ रुरु ३ कि वडासदस्य कविता गौतमले बताइन् ।
जनप्रतिनिधि हरुकै पहलमा मास्क सेनिटईजर खोपको जानकारी स्वास्थ मापदण्ड हरु घरघरमा पुगेर सुचना दिएको रुरु ३ का वडासदस्य तिलक ज्ञवालीले भन्नु भयो ।त्यसो त वडा न २ का वडाध्यक्ष घनस्याम अर्याल वडा न ४ का फर्सुराम ज्ञवाली वडा न ५ का हरि ज्ञवाली वडा न ६ का गिरी प्रसाद सिँजाली पनि कसरी सँक्रमण कम गर्ने र कसरी सँक्रमित हरुमा आत्मवल बढाउने भन्नेमा लागि परेका छन् ।गाउँ पालिकाले सवै वडामा कोभिडको सरल चेकजाँच र कोभिड बिरुद्धको अभियानमा लाग्न हामिले जनप्रतिनिधि हरुलाई आग्रह गरेका छौँ रुरुक्षेत्र गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी पन्तले बताइन् । कोभिड बिरुद्धको अभियानमा सबैभन्दा कडा रुपमा रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष निलकण्ठ गौतम देखिनु भएको छ ।
कोभिड विरुद्ध सवै सँयन्त्र परिचालित गरेका छौँ कुनै कमि रहन दिएकाछैनौं छैनौँ अध्यक्ष गौतमले भने । स्वास्थका कर्मचारी सँगै जन प्रतिनिधि हरु आफ्नो क्षेत्रमा खटेका छन आइसुलेशनमा अक्सिजनको कमि हुन दिएका छैनौँ तर कोभिडबाट बच्ने कुरामा समुदाय पनि अनुशासित बन्नु पर्यो हामिले बारम्बार भनिरहेको विषय हो यो ।निश्चय पनि अध्यक्ष गौतमले भने जस्तै समुदायको सतर्कताले कोभिड सँक्रमण हुन सक्ने मा दुईमत भने छैन ।