छड्के न्युज\ गुल्मी- देउवा सरकारले दल विभाजन सम्बन्धी लिएको अध्यादेश बिरुद्ध गुल्मीमा मसाल जुलुुस निकालिएको छ । बुधबार साँझ गुल्मीको सदरमुकाम तम्घास बजारमा युवा संघ नेपाल जिल्ला कमिटि गुल्मीले मसाल जुलुस सहित बजार परिक्रम गरेको हो ।
नेकपा ऐमालेको पार्टी कार्यलय बाट निकालिएको जुलुस जिल्ला प्रशासन कार्यलय उनीहरुले नाराबाजी समेत गरेका थिए । उनीहरुले युवा संघ नेपाल जिन्दावाद ,अध्यादेश खारेज गर, परमादेश देउवा सरकार मुर्दावाद , विर सहिद लाल सलाम भन्दै नारावाजी गरेका थिए ।