चुरामणि तिमिल्सिना\छड्के न्युज-गुल्मीमा स्वयम सेवकहरुलाई पोषक वितरण गरिएको छ । बुधबार एक कार्यक्रमको आयोजना गरी जिल्लाको गुल्मी दरवार गाउँपालिकाका सबै वडामा गरी ७ जनालाई जनालाई पोसाक बितरण गरिएको छ ।कृषि ज्ञान केन्द्र, गुल्मीको आर्थिक बर्ष २०७७र७८ बाट संचालित जिल्लास्तरमा हरित स्वयम सेवक परिचालन कार्यक्रम अन्तर्गत गाउँपालिकाको सबै वडाका स्वयमसेवकलाई पोसाक बितरण गरिएको हो । स्वयम सेवकहरुलाई पोसाकको रूपमा टिसट , ट्रयाक सुट, सुट, जुता, क्याप र झोला बिततण गरिएको छ ।
गुल्मी दरवार गाउँपालिकालाई कृषिमा आत्मनिर्भर गराई यसको आधुनिकीकरण गर्न र कृषि उद्यमी सृजना गर्न हरित स्वयसेवक कार्यक्रम संचालनमा ल्याइएको गुल्मी दरवार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए । यो कार्यक्रम संचालन कृषिमा आत्मनिर्भर बन्न हरित स्वयंसेवकको भूमिका महत्वपूर्ण हुने हुदाँ तोकिएको जिम्मेवारी पुरा गर्न स्वयसेवकलाई प्रमुख प्रशासकीय अधिकृत पाण्डेले आग्रह गरेका छन् ।
हरित स्वयमसेवक कार्यक्रमले गाउँपालिका भित्र कृषि गर्न चाहाने कृषकलाई टेवा पुग्ने र गाउँपालिकाले कृषि क्षेत्रमा फड्को मार्न सक्ने गाउँपालिका कि कार्यवाहक अध्यक्ष मिना भण्डारीले बताईन् ।जिल्ला स्तरमा संचालित हरित स्वयसेवक परिचालन गरी कृषिमा आत्मनिर्भर बनाउने उदेश्यका साथ यो कार्यक्रम ल्याईएको र यस कार्यक्रमलाई सक्दो सहयोग गर्न कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले आग्रह गरेका छन् । कार्यक्रममा कृषि तथा पशु क्षेत्रको बिकासको निम्ति छलफल तथा अन्तरक्रिया समेत गरिएको थियो ।