धनी राम कोरी, कपिलवस्तु\ छड्के न्युज -सरकारले ल्याएको पार्टी फुटाउन सकिने अध्यादेश को कपिलवस्तुमा विद्यार्थी संगठनले बिरोध गरेको छ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तु र अनेरास्ववियु कपिलवस्तुको आयोजनामा जिल्लाको गोरुसिङेमा बिरोध पर्द्शन गरेको छ ।परमादेश सरकारले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेश को सशक्त प्रतिरोध गरौ ू भन्ने मुल नारा को साथ बुद्धभुमि नगरपालिका वडा न २ गोरुसिङ्गे मा राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तु र अनेरास्ववियु कपिलवस्तु को संयुक्त आयोजान मा नेपाल सरकारले ल्याएको अध्यादेश को विरोध कार्यक्रम गरिएको हो ।
विरोध कार्यक्रममा अध्यादेश फिर्ता गर ,खारिज गर , परमआदेश सरकार मुर्दा वाद , विभाजन अध्यादेश किन लाइस नालायक सरकार पुष्टि भयो र नेपाल सरकार मुर्दावाद लगायतका नाराहरु विरोध कार्यक्रम लगाएका थिए ।विरोध कार्यक्रममा राष्ट्रिय युवा संघ का केन्द्रीय सदस्य गोपाल मणि ज्ञवाली ले नेपाल सरकारले जुन दल लाई सजिलो तरिकाबाट फुटाउने सक्ने अध्यादेश को विरोध मा नेपाल भरिका सबै जिल्लामा राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु को संयुक्त मा संकेतिक रुपमा विरोध गरेको छ । सरकारले अध्यादेशलाई फिर्ता लिएन भने यो भन्दा सशक्त रुपमा आन्दोलन गर्ने चेतावनी समेत ज्ञवालीले दिए ।