गुल्मी- गुल्मीमा पछिल्लो २४ घण्टामा थप ५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कुल १८३ जनामा गरिएको परिक्षण मध्य १८ जना पुरुष र ४० जना महिला गरि ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीका कोभिड १९ फोकल पर्सन गोपाल बहादुर कार्कीले जानकारी दिनुभयो ।
संक्रमित हुनेमा सबैभन्दा धेरै जिल्लाको धुर्कोट गाउँपालिका १९ जना,सत्यवती गाउँपालिका १४ जना र मदाने गाउँपालिका १२ जनामा कोरोना पुष्टि भएको छ । यस्तै छत्रकोट गाउँपालिकामा ७ जना,गुल्मीदरबार गाउँपालिकामा ५ जना र चन्द्रकोट गाउँपालिकामा १ जना गरि ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यो सगै गुल्मीमा कोरोना सक्रिय संक्रमित संख्या ७ सय ८ पुगेको छ।
त्यस्तै,पछिल्लो २४ घण्टामा ६ जना निको भएर घर फर्किएका छन्। यो संगै गुल्मीमा अहिले सम्म कुल ४ हजार ७ सय ५० जना कोरोना जितेर घर फर्किएको जन स्वास्थ्य कार्यालय गुल्मीले जानकारी दिएको छ। गुल्मीमा दोश्रो लहरको कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्या ९५ पुगेको छ।