गुल्मी-गुल्मीको निषेधाज्ञा भदौ २० गतेसम्म थप भएको छ । कोरोना संक्रमण दर स्थिर रहेको, नयाँ संक्रमणको दर पहिलेको तुलनामा स्थिर रहेको , अस्पताल भर्ना र मृत्युदर घटेकाले निषेधाज्ञा खुकुलो बनाइएको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।
के -के खुल्न पाउँछन् त
जिल्लाभर पसल, बैक र बित्तिय संस्था बेलुकि ५ बजेसम्म खुल्ने भएका छन् । होटलहरुपनि बेलुकि ५ बजेसम्म खुल्ने छन् भने निजी तथा सार्वजानिक र सरकारी सवारीसाधन साँझ ८ बजेसम्म गन्तब्यमा पुग्ने गरी चल्न पाउने जिल्ला प्रशासन कार्यालय गुल्मीले जानकारी दिएको छ ।
संक्रमणको दर घटबढ भएमा जुनसुकै बेला पुनरावलोकन गर्न सकिनेछ ।कोभिड १९ संकट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले जिल्लाको सत्यवति गाउँपालिका र मदानेगाउँपालिकालाई भदौ १ गतेदेखि ७ गतेसम्म र छत्रकोट गाउँपालिकाले भदौ १ गतेदेखि १० गतेसम्म जारी गरेको निषेधाज्ञालाई अनुमोदन समेत गरेको छ ।साभार :रुरु एफएम
यो समाचार पनि पढ्नुहोस् …..https://chhadkenews.com/8818