बाग्लुङ्ग -बागलुङको भकुण्डेमा छुट्टा छुट्टै घटनामा दुईजनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका–१० भकुण्डेमा पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । पानीमा डुबेर भकुण्डेका मान बहादुर बुढाथोकीको ८ वर्षिय छोरा एलस बुढाथोकीको मृत्यु भएको हो ।
घर नजिकै रहेको धौलेचौर भन्ने स्थानमा पानी संकलनका लागि बनाइएको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक इकवाल हवारीले जानकारी दिनुभयो ।
खोलामा मृत फेला
भकुण्डे निवासी २८ वर्षीय सागर थापा १९ गते देखि हराईरहेकोमा १९ गते साँझ घर नजिकैको खोलाको बीच भागमा मृत आवस्थापमा फेला परेको प्रहरीले जनाएको छ । आफन्तले खोजतलास गर्ने क्रममा मृत अवस्थामा फेला पारेका हुन ।साभार : बडिगाड अनलाइन