काठमाडौ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगले उपप्राध्यापक पदका लागि लिएको परीक्षाको उत्तरपुस्तिका परीक्षण गर्ने क्रममा अनियमितता गरेको प्रमाण फेला परेको छ । उत्तरपुस्तिकामा उत्तर लेख्नुको साटो प्रश्न नै प्रश्न मात्र सारेका परीक्षार्थीलाई पास गराएको प्रमाण परेको छ ।ती परीक्षार्थीको जाँच गरिएको उत्तरपुस्तिका नै फेला पारेको छ । २०७२/०७३ मा विज्ञापन नम्बर ७ र ८ अन्तर्गत गणित विषयको आन्तरिक तथा खुलातर्फ उपप्राध्यापक पदका लागि लिइएको परीक्षामा व्यापक अनियमितता भएको तथ्य सप्रमाण फेला पारेको छ ।आन्तरिक विशेष परीक्षाका लागि रोल नम्बर ५७०८ भएका विद्यार्थीको प्रथम पत्रको उत्तरपुस्तिका परीक्षण गर्दा परीक्षामा सोधिएका कूल ५ वटा प्रश्नको उत्तरमा कूल १७ पटक प्रश्न मात्र सारेको भए पनि पास गराइएको प्रमाण फेला परेको छ । साभार : लोकान्तर डटकम