छड्के न्युज \ भाद्र २२ गुल्मी-गुल्मीको मालिका गाउँपालिका वडा नं ७ घमिरमा नेपाली काँग्रेसको १४ औं वडा अधिवेशन सम्पन्न भएको छ ।नेपाली काँग्रेस मालिका गाउँपालिका वडा नं ७ घमिरमा वार्ड अधिवेशन सर्व सम्मत सम्पन्न भएको हो । अधिवेशनले सर्वसम्मत कार्य समिति चयन गरेको छ । सभापतिमा हिरा बहादुर कार्की चयन भएका छन् । उपसभापतिमा डिल बहादुर खत्री, सचिबमा तेजेन्द्र परियार सह सचिबमा तेजेन्द्र घिमिरे र राम बहादुर अर्याल,कोषध्यक्षमा नवीन कार्की निर्वाचित भएका छन् ।
वडा कार्यसमितिमा १६ सदस्य चयन गरिएको छ ।निर्वाचित काँग्रेस वडा सभापति कार्कीले १० बर्ष देखी मालिका गाउँपालिका वडा नं ७ घमिरमा क्रियाशिल रहि काम गर्दै आएका थिए । निर्वाचित काँग्रेस वडा सभापति कार्कीले वडाभित्रको काँग्रेसलाई एकढिक्का बनाएर अगाडि बढ्ने बताए ।