उनीहरुले कालो टिसर्टमा सेतो रङ्गमा देशका योद्धा, नो एम.सी.सी लेखेका छन भने बुर्काले अनुहार छोपेका छन, ठाउँको कालै रङ्गको फेटाले बाधेका छन । फोटामा ६ जना रहेका छन, परिचय खुलाउन सकिने अवस्था छैन, त्यस मध्ये २ महिला छन रहेको र अन्य ५ जना पुरुष रहेको देख्न सकिन्छ ।
आतंककारीको शैलीमा फोटो सार्बजनिक गर्दै उनीहरुले एमसीसी बिरद्ध आफुहरु आतंककारी शैलीमा पनि लड्न तयार भएको संन्देश दिन खोजेको बुझिन्छ ।सामाजिक अभियान्ता बब्लु गुप्ता नेपालीले फोटो सहित केही जानकारी सहित सामाजिक संञ्जाल फेसबुकमा पोष्ट गरेका छन ।
आफुहरु एमसीसी खारेज अभियानमा जुटिसकेको र राष्ट्रियता संग सम्झौता गर्न नसकिने बताएका छन । कार्यक्रम भोली भद्र २३ गते समय २ बजे माइतिघरमा हुने जानकारी दिएका छन ।
र सहभागि हुन सबैलाई हार्दिक अनुरोध समेत गरेका छन ।एमसीसीका उपाध्यक्ष फतिमा सुमार र सह उपध्यक्ष जोनाथन ब्रुक्स नेपाल आउँने र राजनीतिक दलका शिर्ष नेताहरुसंग भेटर्वार्ता गर्ने कार्यक्रम रहेको छ । त्यसको बिरोध गर्दै देशव्यापी आन्दोलन सुरु भएको छ । कतिपय ठाँउमा एमसीसीको बिरोध गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिन थालेको छ ।