काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युक्त प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि गम्भीर आरोप लगाउनु भएको छ । निर्देशक घिसिङलाई लक्षित गर्दै ओलीले नक्कली विद्युत् ट्रान्सर्फमर किनेको आरोप लगाउनु भएको हो ।सोमबार पोखरामा भएको पार्टीको कार्यकर्ता भेलामा बोल्दै ओलीले यस्तो बयान दिनुभयो । उहाँका अनुसार घिसिङले नक्कली ट्रान्सर्फमर किनेकाले ट्रान्सफर्मरहरु थन्किएका छन् ।त्यस्तो व्यक्तिलाई सरकारले खोजी–खोजी पुनः ल्याएको उहाँको भनाई रहेको छ । कार्यक्रममा बोल्दै उहाँले एमाले आउनुअघि ल्याएको नक्कली ट्रान्सफर्मरको हेटौंडामा अहिले शहर नै भएको दावा गर्नुभयो । पैसा हालेर किनेको भए पनि काम नलागेर तन्काएर राखिएको उहाँले उल्लेख गर्नुभएको हो । धेरै बिगाह जमिनमा ट्रान्सर्फमरै ट्रान्सफर्मर भएको अध्यक्ष ओलीको जिकिर छ ।