तिनै बा आमाको दुखेको मनमा मलम लगाउन दरखाने दिनमा सरस्वती माता फाउण्डेसनका भाई बहिनीहरुले रुरुक्षेत्रको रिडीबजारमा रहेको मानव कल्याण वृदाआश्रम का करिव दुई दर्जन बा आमा लाई दर खुवाएर वास्तवमै छोरा छोरी आएको झल्को दिएका छन ।
सरस्वती फाउण्डेसनका आठजना भाई बहिनी हरु रन्जित ज्ञवाली प्रवेश ज्ञवाली अनिस गहतराज निशा ज्ञवाली प्रियन्का राना दिपेन्द क्षेत्री शुशिला नेपाली मनिष सुनार वृद्धाश्रममा छोराछोरी बनेर पुग्दा बृद्धबृदाहरुका आँखा बाट बलिन्द्र धारा आँशु झरे ।
त्यसै त बुढेसकाल छोरा छोरिले बृद्धश्रममा पुर्याएर फर्केर नआएको अवस्थामा छोराछोरी बनेर सरस्वती माता फाउण्डेसनका भाई बहिनिहरुले खिर पुरी तरकारी आफै पकाएर वृद्ध आमा हरुलाई खुवाउँदा मन सम्हाल्नै सकेनन आमाहरुले ।
एक्लै जीवन बिताई रहेका बा आमाका लागि छोराछोरी बन्ने प्रयास गर्यौँ सरस्वती माता फाउण्डेशनका अध्यक्ष रन्जित ज्ञवालीले भन्नुभयो ।
जस्ले बा आमा बिर्सन्छ बा आमालाई हेला गर्छ ती असल छोरा छोरी हुनै सक्दैनन हाम्रो प्रयास तिनै परित्यक्त बा आमाका सच्चा छोराछारी बन्न चाडपर्वलाई तिनै बा आमा सँग साट्न रमाईलो गर्न यहाँ आई पुगेका हौँ बृद्धआस्रम मा पुगेका सरस्वति माता फाउण्डेशनका प्रवेश ज्ञवालीले भन्नु भयो ।
दरखाने कार्यक्रमको आयोजना गरेर वृद्धा आश्रम मा बसेका बा आमा प्रति सदभाव र माया दर्साएको मा मानव कल्याण वृद्धाश्रम सन्चालक समितिका अध्यक्ष जीवन कसजुले सानै उमेरका भाई वहिनीहरुको यो ईच्छाशक्तिले मानवियता अझै जिउँदो रहेको आभाष भएको बताउनु भयो ।
रुरु १ का वडाध्यक्ष रामलाल विकले सरस्वती माता फाउण्डेसनको यो मानविय कार्यले आफुलाई प्रभाव परेको बताउनु हुँदै वृद्ध ाश्रमका लागि सक्दो प्रयास गर्ने बताउनु भयो । जिल्ला समन्वय समिति गुल्मीका उपप्रमुख तुल्सी श्रेष्ठले सरस्वती माता फाउण्डेशनका भाई बहिनीहरुको यो मानविय कार्य प्रशँसनिय भएको बताउनु हुँदै धन्यवाद दिनु भयो ।
सरस्वती माता फाउण्डेसनका अध्यक्ष रन्जित ज्ञवालीको अध्यक्षता भएको दर खुवाउने कार्यक्रमको सन्चालन सचिव अनिश गहतराजले गर्नु भएको थियो ।
दरखाने कार्यक्रममा उपस्थित आमा हरुले आफ्नो पालाका पुराना गित गाएर रमाईलो गर्नु भएको थियो ।
कृष्ण अन्जान, रुरु भाद्र २५, गुल्मी – जिवनका पछिल्ला दिनहरु वृदाश्रममा बिताउने बा आमा हरुका लागि पुराना दिनको सम्झेर बस्नुको विकल्प छैन ।छोरा छोरीबाट टाढा रहनु पर्ने बाध्यता र आफ्नो बर्तमान छोराछोरीका भविष्यका लागि विताएर बुढेसकालमा वृद्धाश्रममा बिताउनु पर्दा मन सम्हाल्न त्यसै पनि गाह्रो छ ।
अध्यक्ष : वसन्त अधिकारी / सम्पादक : सरिता पौडेल / सम्पर्क : ९८५७०६४२५२