नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनमा युवा तथा विद्यार्थी नेता माधब भट्टराई ले नेपाली काङ्ग्रेस चापाकोट नगर कार्य समितिको सह-सचिवमा आफ्नो उम्मेद्वारी दिएका छन् ।
उनले विद्यालय तह देखि नै नेपाली काङ्ग्रेसको भाद्री संगठन ने.वि.संघ मा आबद्ध रहेरका छन् । उनी विद्यालय तहमा सुरुमा चापाकोट नगरपालिका वडा नं. ८ मा रहेको जनहित माध्यमिक विद्यालयबाट ने.वि.संघ इकाई कार्य समिति सभापति हुँदै सुरु गरेको विद्यार्थी राजनीति बाट ने.वि.संघ स्याङ्जा जिल्ला सदस्य समेत रहेका भट्टराईले लामो समय विद्यार्थी राजनीति दिएका समय खर्चेका कारण उनी विद्यार्थी र युवा बिच निकै लोकप्रिय छन् । उनी नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनको हालै सम्पन्न वडाअधिवेशनबाट चापाकोट नगरपाकिका वडा नं. ७ बाट क्षेत्रीय प्रतिनिधि निरविरोध भएका छन् ।
सभापति मा जुन प्यानल भए पनि लोकतान्त्रिक विधिमा भट्टराई गुट उपगुट भन्दा पनि काङ्ग्रेस पाटी बलियो बनाउन को लागि पटकपटक पदको त्याग गर्दै आएका भट्टराई यो पटक उम्मेद्वारी
फिर्ता नलिने गरि चुनाव मैदान मा होमिएको बताएका छ्न ।
उनले गुट उपगुट भन्दा पनि नेपाली काङ्ग्रेस पाटी लाई बलियो बनाउन को लागी आफुलाई नगर सह-सचिवमा विजय गराउनको लागि सबै संग अपिल समेत गरेका छन् ।