काठमाडौं – हाम्राकुरा डट कमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले शिवाकोटीलाई प्रवल जनसेवा श्री प्रदान गर्ने घोषणा गरेको हो । लामो समयदेखि निडर र निर्भिक भएर पत्रकारिता गरिरहेका शिवाकोटीलाई केही दिनअघिमात्र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पनि सम्मान गरेको थियो ।
उनलाई विभिन्न संघसंस्थाले यसअघि नगदसहित सम्मान गरिसकेका छन् । शिवाकोटीसँगै अन्य पत्रकारहरुलाई पनि विभिन्न मानपदवीसहित सम्मान गर्ने घोषणा गरिएको छ ।
सुप्रवल जनसेवाश्री मानपदवीबाट सम्मानित हुने पत्रकारहरु– तारानाथ दाहाल, सुरेशप्रसाद आचार्य, हरिविनोद अधिकारी, कृष्णज्वाला देवकोटा, प्रतीक प्रधान, हरिबहादुर थापा ।
कृतिमय राष्ट्रदीप मानपदवीबाट सम्मानित हुने पत्रकारहरु– ओम शर्मा, गुणराज लुइटेल, महेश्वर दाहाल ।
प्रवल जनसेवाश्री मानपदवीबाट सम्मानित हुने पत्रकारहरु– बद्री सिग्देल, ऋषि धमला, नेत्रकुमार केसी, मुकुन्द दाहाल, दिलभुषण पाठक, समा थापा, विश्वमणि पोखरेल, कविर राणा, रविन सायमी, रवि मिश्र, अनिता बिन्दू, डा. बालकृष्ण चापागाई, माधव ढुङ्गाना, प्रकृति अधिकारी ।
जनसेवा श्री पदकबाट सम्मानित हुने पत्रकारहरु– भुवन शर्मा, दीपक खरेल, भरतवन्धु थापा, गिरिजाप्रसाद अधिकारी, किसन राई, खगेन्द्र अधिकारी, नारायण अमृत, शेखर कार्की, सुनील महर्जन, रोशन सापकोटा, रेखा भुषाल, विष्णु खड्का, आकांक्षा शाह, वृजकुमार यादव, नगेन्द्र साउद, लीला बराल, भवानी कार्की, वृजलाल पासवान, दीपेन्द्र श्रेष्ठ सम्मानित हुने भएका छन् ।