मनोज कार्की/असोज १० गुल्मी/छड्के न्युज डटकम- नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दावीको १० लाख २४ हजार ३ सय ७५ रुपैयाँ भुक्तानी गरेको छ । २०७८ साल बैशाख १ गते प्युठान जिल्लाको स्वर्गद्वारी दर्शन गर्न जाने क्रममा सवारी दुर्घटना परि ज्यान गुमाएका मालिका गाउँपालिका वडा न ७ घमिरका यमलाल पन्थीको बुवा लाल प्रसाद पन्थीलाई उक्त रकम हस्तान्तरण गरेको हो ।
मृतक पन्थी खरिदार थिए । उनी जिल्ला प्रशासन कार्यलय गुल्मीमा कार्यरत थिए । उनी सङ्गै सवारी दुर्घटनामा परि ६ जनाले ज्यान गुमाएका थिए । नेपाल लाइफ इन्स्योरेन्स उपशाखा तम्घास गुल्मीको कार्यलयमा एक कार्यक्रमको आयोजना गरि मृत्यु दाबी रकम हस्तान्तरण गरिएको हो ।उक्त मृत्यु दाबी रकम नेपाल लाइफ इन्स्योरेन्स कम्पनी तम्घास उपशाखा प्रमुख हरि बहादुर केसी , प्रशासन सहायक मदन भण्डारी , मालिका गाउँपालिका वडा न ७ घमिरका वडा अध्यक्ष बेद प्रसाद पन्थी , सिनियर एजेन्सी म्यानेजर शेसकान्त लम्साल समाजसेवी गुणानिधी लम्साल , नगेन्द्र लम्सालको उपस्थितीमा हस्तान्तरण गरिएको हो।
मृतक पन्थीको बुबा लाल प्रसाद पन्थीलाई मृत्यु दाबी बापतको चेक प्रदान गरिएको नेपाल लाइफ इन्स्योरेन्स तम्घास उपशाखाका प्रमुख हरि बहादुर केसीले जानकारी दिए ।२०७७ साल असार २८ गते सिनियर एजेन्सी म्यानेजर शेसकान्त लम्साल मार्फत मृतक यमलाल पन्थीले सुरक्षीत जीवन बीमा ५ लाखको बिमा गरेका थिए । मृतक पन्थीले एक किस्ता मात्र बुझाएका थिए ।