सागर भण्डारी,असोज १४ गुल्मी / छड्के न्युज डटकम- नेपाली काँग्रेसको १४ औँ महाधिवेशन नजिकिएसँगै मुसिकोट नगरपालिकामा हुने नगर अधिवेशनमा उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ ।
काँग्रेसले जिल्लाका सबै वडा अधिवेशन सम्पन्न गरेसँगै नगर सभापतिका आकाङ्क्षीले उम्मेदवारी घोषणा गर्न थालेका हुन् । नेपाली काँग्रेस मुसिकोट नगर समितिको सभापति पदका लागि बिहीवारसम्म २ जनाले उम्मेदवारी घोषणा गरेका छन् । दुई समूहले उम्मेदवारी घोषणा गर्दै प्रचारप्रसारमा जुटेका छन् ।
नगर समिति सभापतिमा नेपाली काँग्रेस मुसिकोट छाँया सरकार प्रमुख समेत रहनुभएका झविलाल भण्डारी नगरसचिव मोहन घिमिरेले उम्मेदवारी घोषणा गर्नुभएको छ । यद्यपी अन्य पदका लागि भने अहिलेसम्म कसैले उम्मेदवारी घोषणा गरेका छैनन् ।
भण्डारीले आगामी स्थानीय तहको निर्वाचनमा काँग्रेसलाई मुसिकोटमा पहिलो पार्टीका रुपमा स्थापित गर्न र आगामी निर्वाचनमा काँग्रेसका उम्मेदवारलाई अत्यधिक स्थानमा विजयी गराउने लक्ष्यका साथ आफुले उम्मेदवारी घोषणा गरेको जानकारी दिनुभयो । नेपाली काँग्रेसलाई जनताको पार्टीको रुपमा स्थापित गर्दै सबल नेतृत्वको आधारमा सगंठनलाई संस्थागत गर्न आफ्नो उम्मेदवारी घोषणा गरेको बताउनुभयो ।
त्यस्तै पार्टीमा युवा नेतृत्वलाई मौका दिनुपर्ने भन्दै पार्टीको विकास र पार्टीलाई सबल एवं मजबुत बनाउँदै नागरिक र पार्टी प्रतिको सकारात्मक चिन्तनलाई शिरोपर गरी समृद्ध मुसिकोट लागि सबल काँग्रेस निर्माणमा अनवरत रुपमा लाग्ने प्रण गर्दै आफुले उम्मेदवारी घोषणा गरेको घिमिरेले जानकारी दिनुभयो ।
नेपाली काँग्रेस मुसिकोटको अधिवेशन यही असौज १९ गते हुँदैछ ।
अध्यक्ष : वसन्त अधिकारी / सम्पादक : सरिता पौडेल / सम्पर्क : ९८५७०६४२५२
छड्के न्युज डट कम २०७८ असोज ८ गतेबाट छड्के मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । छड्के न्युजमा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई (infochhadkenews@gmail.com) मा मेल पठाउन वा ९८५७०६४२५२ फोन गर्न सक्नुहुने छ ।