मनोज कार्की / असोज १४ गुल्मी / छड्के न्युज डटकम-गुल्मीको मालिका गाउँपालिका वडा न ७ घमिर दीर्घका ३१ वार्षिय लेखनाथ पन्थी १६ दिनपछी मृत अवस्थामा फेला परेका छन् । मृत पन्थी घर नजिकैको गरेङ्ग खोलाको जङ्गलमा मृत अवस्थामा फेला परेका हुन् ।उनी भदौ २८ गतेदेखि परिवारको सम्पर्कबाहिर थिए।
स्थानीय जङ्गलमा निउरो टिप्न गएको बेला पन्थीलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको मालिका गाउँपालिका वडा न ७ घमिरका वडा अध्यक्ष बेद प्रसाद पन्थीले जानकारी दिए । वडा अध्यक्ष पन्थीका अनुसार पन्थी शारीरिक र मानसिक रूपमा अशक्त थिए ।
घरबाट हराएपछि भदौ २९ गते परिवारले खोजी गरिदिन जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए। शवको पोस्टमार्टम गरेर परिवारलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पान्डेयले जानकारी दिए।