अर्घाखाँची जिल्लामा नजिकिदै गरेको बडादशैंलाई मध्य नजर राखेर भीडभाड हुने क्षेत्रमा रोक लगाईने भएको छ । यस्तै सराय नाँच नहुने भएको छ । प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलको अध्यक्षतामा कोभिड-१९ संकट व्यवस्थापन केन्द्र९डीसीसीएमसी० अर्घाखाँचीको सन्धिखर्कमा बसेको बैठकले नजिकिदै गरेको बडादशैंलाई मध्य नजर राखेर भीडभाड हुने क्षेत्रमा अझै कार्तिक ४ राती १२ बजेसम्म रोक लगाउने गरी अन्य सबै खोल्ने निर्णय गरेको हो ।
अब स्वास्थ्य मापदण्ड पालना गरेर सबै निजी तथा सार्वजनिक यातायात होटल, रेष्टुरेन्ट, शैलुन, जिमहल सबै ५ बजेदेखि बेलुका ८ बजेसम्म खुल्ने छन् । यस्तै बैंक तथा वित्तीय संस्थाहरु, खाद्यवस्तु, तरकारी, फलफूल, पानी, दूध तथा दूधजन्य पदार्थ, औषधि र स्वास्थ्य सेवासँग सम्बन्धित, निर्माण सम्बन्धी पसल र व्यवसाय, सुन, भाँडाकुडा, अटो मोबाइल्स, खेलकुद सामग्री, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी, टेलरिङ, गिफ्ट, विद्युतीय सामग्रीका पसलहरु सबै खुलेका छन् ।
जिल्लामा विद्यालय, क्याम्पस, शैक्षिक संस्थाहरुमा परीक्षाका कार्यक्रमहरु यथाबत संचालन भएका छन् ।जिल्लामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन घटेको छ । गत वैशाख २१ गते मंगलवारदेखि जारी निषेधाज्ञाका कारण जिल्लाको जनजीवन अत्यन्त कष्टकर भएको थियो ।अर्घाखाचीँ डटकम