गुल्मी – गुल्मीको रेसुंगा बहुमुखी क्याम्पसलाई रेसुंगा नगरपालिकाले सोमबार ५० लाख आर्थिक सहयोग गरेको छ । संचालक समितिले आर्थिक संकटकाल घोषणा गरेको गुल्मीको शैक्षिक धरोहर भनिएको रेसुंगा बहुमुखी क्याम्पसलाई नगरपालिकाले ५० सहयोग गरेको हो । नगरप्रमुख खिलध्वज पन्थीले सोमबार नगरपालिकामा एक कार्यक्रमका बिच रेसुङ्गा बहुमुखी संचालक समितिका प्रमुख श्रीप्रसाद भलामीलाई ५० लाखको चेक हस्तान्तरण गर्नुभएको हो । गुल्मीको भाग्य र भबिष्यसँग जोडिएको क्याम्पसमा आर्थिक दायित्व बढेकोले आर्थिक सहयोग गर्ने निर्णय अनुसार क्याम्पसलाई आज सहयोग गरिएको नगरप्रमुख पन्थीले बताउनुभयो । ‘गुल्मीको समुन्नतिको आधार रेसुंङ्गा क्याम्पस भएको भन्दै नगरपालिका शैक्षिक धरोहर जोगाउन प्रतिबद्ध रहेको बताउनुभयो । क्याम्पसलाई पुरानै लयमा फर्काएर नयाँ ढंगबाट…
Read More