गुल्मी – नव प्रगतिशिल युवा क्लव छत्रकोट -३ धरमपानी गुल्मीले नयाँ वर्ष -२०८० सालको भित्तेपात्रो( क्यालेन्डर) विमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ। छत्रकोट-३ को वडा कार्यालय भवनको प्रागंणमा आयोजित कार्यक्रमको प्रमुख अतिथी छत्रकोट गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेय, विशेष अतिथी पालिका उपाध्यक्ष सावित्रा ज्ञवाली, वडाध्यक्ष तेजकान्त अर्याल लगायत क्लवका सल्लाहकार, समाजसेवी लगायत धरमपानी आसपासका जनसमुदाय हरुको उपस्थिति थियो। क्लवका अध्यक्ष जिवन पन्थको अध्यक्षताबाट शुरु भएको कार्यक्रममा महिला उपाध्यक्ष मनिषा श्रेष्ठले स्वागत मन्तव्य बाट दिनु भएको थियो। कार्यक्रममा संस्थापक अध्यक्ष जनक पन्थ, सल्लाहकार गंगा पन्थ, सल्लाहकार संयोजक वैकुण्ठ प्र. पन्थ, वडाध्यक्ष तेजकान्त अर्याल, विशेष अतिथी सावित्रा ज्ञवाली प्रमुख अतिथी रामप्रसाद…
Read More