गुल्मी – रुरुक्षेत्र गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर बढाउन सराेकारवालाहरुले जोड दिएका छन् ।रुरुक्षेत्र गाउँपालिका – १ मा अबस्थित भट्कुवा आधारभूत विध्यालयकाे ७० ओैँ वार्षिकोत्सब समारोहमा बाेल्दै रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने बताए । विद्यालयको वार्षिकोत्सब कार्यक्रममा बोल्दै अध्यक्ष ज्ञवालीले आफ्ना बालबालिकालाई शिक्षा दिनु सबैभन्दा ठुलाे सम्पत्ति भएको र यसलाई गुणस्तरीय बनाउन अभिभावक ,शिक्षक ,विध्यार्थीकाे उत्तिकै महत्त्वपूर्ण भुमिका रहेकाे बताए । बसाइँसराइका कारणले गाउँका विद्यालयमा विद्यार्थीको अभाव र शैक्षिक गुणस्तरमा ह्रास आईरहेकाेले पालिका भित्रका सामुदायिक विद्यालय समायोजनको अवस्था सिर्जना भएको अध्यक्ष ज्ञवालीले बताए । पालिका भित्रका केही विद्यालय समायोजनको विषयमा जनस्तरबाट सकारात्मक र असन्तुष्टीका…
Read More