गुल्मी – गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ । जिल्लामा १६.८९ प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले जानकारी दिनुभयो । यस जिल्लामा फल्ने र नफल्ने सुन्तलाको क्षेत्रफल करीब ९९७ हेक्टर रहेको छ । गत बर्ष ५३० हेक्टर उत्पादनशील क्षेत्रफलमा ५९३६ मेट्रिक टन उत्पादन भएको थियो । जसको उत्पादकत्व ११.०२ मेट्रिक टनप्रति हेक्टर रहेको भण्डारीले बताउनुभयो । https://chhadkenews.com/15695 उहाँका अनुसार यो बर्ष उत्पादनशील ५८८ हेक्टर क्षेत्रफलमा अनुमानित ६ हजार ८३८.४ मेट्रिक टन उत्पादन भएको छ । जसको उत्पादकत्व ११.८० मेट्रिक टन प्रति हेक्टर रहेको छ । यहाँ कुल…
Read More