सुचना बिभाग दर्ता नं. २८६४/२०७८-०७९
अध्यक्ष तथा संचालक : मनोज कार्की
सम्पादक : मदन भण्डारी
व्यावस्थापक : भगवती लम्साल
रेसुङ्गा नगरपालिका -२ तम्घास, गुल्मी ।
९८५७०६७७३८
infochhadkenews@gmail.com
छड्के न्युज डट कम २०७८ असोज ८ गतेबाट छड्के मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । छड्के न्युजमा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई (infochhadkenews@gmail.com) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।
गुल्मी – गुल्मी अस्पतालकाे लाहापरवाहीले एकजना बिरामीको ज्यान गएको छ । अर्घाखाँची जिल्लाकाे छत्रदेव गाउँपालिका वडा नम्बर ०७ काउले निवासी राजेश मरासिनीकी छाेरी सात बर्षिय प्रशंसा मरासिनीकाे मंगलबार बिहान ७:४५ बजे मृत्युु भएको हाे । प्रशंसाका आफन्त देवीराम पन्थीका अनुसार बच्चालाई साेमबार बिहान ११ बजे गुल्मी अस्पताल ल्याइएको हाे । सामान्य पेट दुखेर अस्पताल ल्याएको बच्चाले दिउँसो बान्ता गरेपछि भर्ना गरिएको थियाे। आज बिहान ६ बजेकाे समयमा बच्चा निदाएकै समयमा एक्कासि इन्जेक्सन लगाइएकाे थियाे । इन्जेक्सन लगाउदाबित्तिकै बच्चा बेहाेस भएपछि बिरामीका आफन्तले डाक्टरलाई बाेलाउन आग्रह गरे । तर नर्सहरूले समयमै डाक्टर नबाेलाउदा र लाहापरवाही गर्दा इन्जेक्सन लगाएको केही समयमै बच्चाकाे…
काठमाडौँ: नापी कार्यालय ललितपुरका नापी अधिकृत राजन गिरीसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गिरीसहित सर्भेक्षक लोकेन्द्र सिंह धामी, मालपोत अधिकृत अम्बिकाप्रसाद नेपाल, नायव सुब्बा मनोज पोखरेल, खरिदार युवराज कटुवाल, राउसाई होल्डिङ्गस् प्रालि ललितपुर सानेपाका अध्यक्ष नेम महर्जन र शेयर होल्डर मनोजबहादुर श्रेष्ठविरुद्ध मुद्दा दायर गरिएको जानकारी दिएको छ । उनीहरुको मिलेमतोमा तत्कालीन टिकाथली गाविस वडा नम्बर ६ को कित्ता नम्बर १६९९ र कित्ता नम्बर १७०१ लाई कित्ताकाट गर्दा नक्सा र फिल्डमा हुँदै नभएको क्षेत्रफल ट्रायल चेक गरी बढी कायम गरेको आयोगको दाबी छ । अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११…
काठमाडौं – ‘ तेस्रो चार्टड डे–२०२३ ’ को अवसरमा आज लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको आयोजनामा रक्तदाता तथा रक्दाता उत्प्रेणा दिन रात खट्नु हुने रक्तदान अभितान्कर्ता तथा संस्थाका संस्थापक अध्यक्ष राजिब श्रेष्ठलाई काठमाण्डौ वडा नं २७ अवस्थित Nds Cafe मा संस्थाले सम्मान गरेको छ। संस्थाले रक्तदानको महत्वलाई बिधार्थीहरु माझ पुर्याउन सफल भएका छन् साथै रक्तदान क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याइयो लायन्स क्लब अफ काठमाडौँ ब्लडहुडका केन्द्रिय सचिव अमृता लामाले जानकारी गराए। ‘ तेस्रो चार्टड डे–२०२३ ’को अवसरमा आयोजित रक्तदाता उत्प्रेरणा,रक्तदान अभियान्ता राजिब श्रेष्ठलाई सम्मान गर्न पाउन्दा धेरै नै खुसी भएको लायन्स क्लब अफ काठमाडौँ ब्लडहुडका अध्यक्ष राजेन्द्र महर्जनले जानकारी गराउनु भयो।…
बाग्लुङ – काठमाडौंबाट म्याग्दी सदरमुकाम बेनी आउदै गरेको बस धादिङको गजुरीमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । धादिङका जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी गौतम मिश्रका अनुसार दुर्घटनामा ८ जनाको मृत्यु भएको पुष्टी गर्नुभयो । मृतकमध्ये २ जना महिला र ६ जना पुरूष छन् ।घाइते ८ जनाको उद्दार भइसकेको छ । धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान सवा ११ बजे दुर्घटनामा परेको थियो । बसमा २२ जना यात्रु सहित १ चालक र १ सहचालक सवार थिए ।
काठमाडौं – काठमाडौं बाट बागलुङका लागी बुधबार बिहान छुटेको बस धादिङको गजुरीबजार नजिकै चालिसे मा दुर्घटना भई त्रिसुलीमा खसेको हो । जिल्ला प्रहरी कार्यलय धादिङका एसपि गौतम मिस्रले दिएको जानकारी अनुसार बस करिव १०:४० मा नदिमा खसेको हो । बसमा कति जना यात्रु थिए बस न. कति भन्ने नखुलेको उनले बताए । दुर्घटनास्थलमा उद्दारका लागी सुरक्षाकर्मी परिचालनको काम भइरहेको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी
गुल्मी – गुल्मीबाट शनिबार रातिदेखि सम्पर्कबिहिन भएका दुई बालिका मध्ये एक बालिका भेटिएकी छिन् । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ५ का १४ र १५ वर्षीया दुई बालिका सम्पर्कबिहिन भएका थिए । जसमध्ये शोभाना घिमिरेकी छोरी १४ वर्षीया पुष्पा घिमिरे गुल्मीको सदरमुकाम तम्घासको बसपार्कस्थित एक होटलमा भेटिएकी हुन् । तर, उनीसँगै हराएकी सोही स्थानकी तारा घिमिरेकी छोरी १५ वर्षीया जुना घिमिरे भने अझै सम्पर्कबिहिन छिन् । २१ गते बिहान घरमा नभएपछि उनीहरुका ठुलोबुबा चित्र बहादुर महताराले १४ र १५ वर्षीया दुई बालिका हराएको र खोजतलास तथा हुलिया परिपत्र गरी पाउँ भनि निवेदन आएपछि खोजी कार्य तिव्र पारिएको जिल्ला प्रहरी कार्यालय…
गुल्मी – दुइ दिनअघि निधन भएका गुल्मीका पत्रकार कृष्ण अन्जान ज्ञवालीको आज अन्त्येष्टि गरिएको छ । सुगरका बिरामी रहनुभएका उहाँको उपचारको क्रममा बुटवलमा निधन भएको थियो । लामोसमय देखि बिभिन्न पेशा ब्यबसायको अनुभव समेत संगाली पछिल्ला बर्षहरुमा पत्रकारितामा सक्रिय रहनुभएका उहाँको उपचारको क्रममा बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ;साउन १९ गते निधन भएको हो । गुल्मी रुरु १ थोर्गा स्यालपोखरीमा स्थायी घर भएका ज्ञवालीले ग्रामिण क्षेत्रको पत्रकारितामा दख्खल राख्नुहुन्थ्यो । उहाँको आज गुल्मीको रिडी कालिगण्डकीमा अन्तिम संस्कार गरिएको भाइ प्रकाश ज्ञवालीले जानकारी दिनुभयो । गीत संगितमा समेत रुचि राख्ने उहाँले थुप्रै गीतहरु सिर्जना समेत गर्नुभएको थियो । उहाँको परिवारमा श्रीमती…
आज २०८० साल साउन १९ गते शुक्रबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश :वृष : दिन राम्रो छ। सोचेर बोल्नुपर्ने देखिन्छ। मित्रहरु टाढिने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ। मिथुन : सम्पत्ति आर्जन हुनेछ। शिक्षामा गरेको श्रमको मूल्य उठ्नेछ। कुनै कामलाई निरन्तरता दिनु भलो हुनेछ। कर्कट : दिन राम्रो छ। पुरानो रोगबाट मुक्त हुनुहुनेछ। मनमा शान्ति बढ्नेछ। प्रेममा सफलता मिल्ने देखिन्छ। शिक्षा क्षेत्रमा राम्रो प्रगति हुने देखिन्छ। सिंह : योजनामा बाधा अवरोध देखिन्छन्। त्यसलाई प्रतिवाद गरेर अगाडि बढेमा मात्र सफलता मिल्नेछ। दाम्पत्य जीवन संघर्षपूर्ण हुनेछ।…
गुल्मी – गुल्मीमा घाँस काट्ने क्रममा भिर बाट लडेर एक जना महिलाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका -४ डाँडा थोक बस्ने ३६ वर्षीया फुलकुमारी नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ । नेपाली आफ्ना छोरीहरू सङ स्थानीय ढुङ्गेठाटी हर्लेखानी सामुदायिक वनमा घाँस काट्न गएकी थिईन । करिब २०० मिटर तल खसेकि नेपालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी (डिएसपी ) डिल्लीनारायण पाण्डेले बताए । घटनाको थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक रविन्द्र कुमार श्रेष्ठको नेतृत्वमा ५ जनाको टोली घटनास्थल तर्फ प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ
साउन – तेल भन्नेबित्तिकै मानिसको दिमागमा फ्याट बढाउने भनेर सम्झना आउँछ। तर एउटा यस्तो तेल जसले फ्याट घटाउन महत्वपूर्ण मानिन्छ, त्यतिमात्रै होइन यसले मानिसको दिमागलाई बलियो र स्फूर्त राख्न अहम भूमिका खेल्दछ, त्यो हो जैतुनको तेल। साधारणतया जैतुन दुई रङमा उपलब्ध हुन्छ, एउटा कालो, अर्को हरियो। दुवै रङको जैतुनको तेल बेग्लाबेग्लै रुपमा प्रयोगमा आउँनुका साथै निकै लाभदायी हुन्छ। तीमध्ये जैतुनलाई भर्जिन, एक्स्ट्रा भर्जिन, पियोर ओलिभ ओयल र लाम्पान्टे ओएल गरी चार भागमा विभाजन गरिएको छ। त्यसमध्ये भर्जिन, एक्ट्रा भर्जिन, पियोर ओलिभ ओयल जैतुनको तेललाई मसाज गर्न, खाना पकाउन लागि सर्वोत्कृष्ट मानिन्छ भने लाम्पान्टे ओएल इन्धनको लागि बढी उपयोगी मानिन्छ। यसको…
सुचना बिभाग दर्ता नं. २८६४/२०७८-०७९
अध्यक्ष तथा संचालक : मनोज कार्की
सम्पादक : मदन भण्डारी
व्यावस्थापक : भगवती लम्साल
रेसुङ्गा नगरपालिका -२ तम्घास, गुल्मी ।
९८५७०६७७३८
infochhadkenews@gmail.com