विरेन्द्र चौधरी /मंसिर २९ भैरहवा, रुपन्देही – लुम्बिनी प्रदेशमा पछिल्लो समय च्याउ उम्रे जस्तै अन्लाईन मिडियाहरु खुल्ने क्रम बढेको छ । यहाँका प्राय अन्लाईन मिडियाहरु जिल्ला र प्रदेशको नाम जोडेर संचालनमा आएको देखिन्छ । लुम्बिनी प्रदेशमा आजभोलि अनलाईनको लागि विभिन्न सञ्चारगृहहरू खुल्ने क्रम बढिरहेको भएता पनि सवैभन्दा बढी हेरिने वेबसाईट भने कम छन् । “रैंकिंगका हिसाबले हेर्दा लुम्बिनी प्रदेशमा सवैभन्दा बढी हेरिने वेबसाईट अर्घाखाँची डट्कम देखिएको छ । लुम्बिनी प्रदेशको रुपन्देही, कपिलबस्तु, दाङसम्मका अन्लाईन भन्दा पहाडी जिल्लाको नाममा संचालित अर्घाखाँची डट्कम सबैभन्दा बढी हेरिने अन्लाईन मिडिया भएको हो ।” लुम्बिनी प्रदेशका बाह्र जिल्लाहरु नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रूपन्देही, कपिलबस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी,…
Read More