काठमाडौं, पुस ९ । २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएका भग्नावशेष पुनर्निर्माणको जिम्मेवारी पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले औषत काम गरेर ६ वर्षे कार्यकाल सम्पन्न गरेको छ। प्राधिकरण शुक्रबारदेखि खारेज हुँदैछ। नेपालको भौतिक पूर्वाधार निर्माणको गति देखिरहेका आम नेपालीले पुनर्निर्माण पनि समयमा सम्पन्न हुने आशा गरेका थिएनन्। तर प्राधिकरणले आफूलाई दिएको ६ वर्षे कार्यकालमा औषतमा राम्रो नतिजा दिन सकेको छ। प्राधिकरणले पुनर्निर्माणको काममा ९० प्रतिशतभन्दा माथिकै प्रगति हासिल गरेको छ। केही दिनअघि आयोजित भूकम्प पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी विदेशी प्रतिनिधिले पनि नेपालको पुनर्निर्माणको कामलाई खुलेर प्रशंसा गरेका थिए। सरकारले भूकम्पबाट भत्केका संरचनाको पुनर्निर्माण पाँच वर्षभित्रै गर्ने भन्दै प्राधिकरणको स्थापना गरेको थियो। सुरुमा तोकिएको…
Read More