सुचना बिभाग दर्ता नं. २८६४/२०७८-०७९
अध्यक्ष : वसन्त अधिकारी
सम्पादक : सरिता पौडेल
रेसुङ्गा नगरपालिका -२ तम्घास, गुल्मी ।
९८५७०६४२५२
infochhadkenews@gmail.com
छड्के न्युज डट कम २०७८ असोज ८ गतेबाट छड्के मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । छड्के न्युजमा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई (infochhadkenews@gmail.com) मा मेल पठाउन वा ९८५७०६४२५२ फोन गर्न सक्नुहुने छ ।
गुल्मी । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा बृहत नि:शुल्क स्वास्थ्य शिविर हुने भएको छ। गाउँपालिकाको आयोजनामा जनप्रतिनिधिले पदभार ग्रहण गरेको दिनको अवसरमा जेठ ४ गते एक दिने नि: शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने शनिबार पत्रकार भेटघाट गरेर जानकारी गराएको हो । गाउँपालिकाले अघिल्लो वर्षबाट नि:शुल्क स्वास्थ्य शिविर गर्ने कार्यको थालनी गरेको गाउँपालिका अध्यक्ष युवराज खत्रीले बताउनुभयो । शिविरमा विभिन्न रोगका१६ जना बिशेषज्ञ डाक्टरहरुको सहभागीता हुनेछ । चन्द्रकोट गाउँपालिका गुल्मीको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा रहेको स्वस्थ नागरिकको परिकल्पनालाई व्यवहारमा लैजादै गाउँपालिका भित्रका नागरिकहरुको आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकारलाई सुनिश्चित गर्न स्वास्थ्य शिविरमा राख्ने गरेको पालिका उपाध्यक्ष बिष्णुप्रसाद भण्डारीले बताउनुभयो ।…
गुल्मी : गुल्मीको रेसुंगा नगरपालिकामा भएको प्रथम मेयर कप फुटबल प्रतियोगिताको फाइनल खेल समापन भएको छ । नगरपालिका स्थापना दिवसको अवसरमा बैशाख २४ गते देखि चिदिचौर खेल मैदान तम्घासमा सुरु भएको प्रतियोगिताको अन्तिम दिन वडा नम्बर १ र वडा नम्बर ८ बीच फाइनल खेल भएको थियो । उक्त प्रतियोगितामा वडा नम्बर ८ ले वडा नम्बर १ लाई १ का बिरुद्ध ४ गोलले पराजित गर्र्दै मेयर कपको उपाधि हात पारेको छ । विजेता वडा नम्बर ८ को टिमलाई नगद पुरस्कार रु. ३५ हजार, शिल्ड, मेयरकप उपाधि रेसुंगा नगरपालिकाका मेयर खिलध्वज पन्थी सहितका अतिथिहरुले प्रदान गर्नुभएको थियो । त्यस्तै उपविजेता वडा नम्बर…
कमल पौडेल गुल्मी: वामी विश्व सम्पर्क मञ्चले स्थापनाको दशौँ वर्षको अवसरमा संगम स्मारीका विमोचन गरेको छ । विश्वभर छरिएर पनि एकतावद्ध रहेका वामेलीहरुको प्रशंसा गर्दै विष्टले सिकेको ज्ञान र सिपले जन्मभूमि सिञ्चित हुने विश्वास व्यक्त गर्नुभयो। वामीको विकासको लागि शालिमे क्षेत्रको विकास महत्वपूर्ण हुने भन्दै सांसद विष्टले स्वाँरा तथा पुरानो गाउँबाट दहपुग्ने पदमार्ग, शालिमेमा पानी जम्नेगरी दह निर्माण तथा मन्दिर निर्माण त्यहाँको माग रहेको भन्दै सो को समाधानको लागि पहल गर्ने बताउनु भएको छ। कार्यक्रममा राष्ट्रिय सभा सदस्य विष्णु कुमारी सापकोटाले शालिमेको विकासबाट समृद्धि सम्भव हुने भन्दै त्यसको पहलको लागि लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो। सापकोटाले बसाईसराई बढेको विषयमा चिन्ता…
पर्यटन बिकास पालिकाको पहिचान गर्ने प्रमुख मेरुदण्ड हो तर पर्यटन बिकासमा मुसिकोटको चासो कम भएको गुनासो आएको छ । नगरको स्थापना कालमा बनाएका गौरवका योजना अहिले खोज्दा पनि नभेटिने र आफ्नो क्षेत्रमा परेको बजेट समेत काटिएको लाली गुराँस संरक्षण समितिका अध्यक्ष तथा पुर्व वडा अध्यक्ष कर्ण बहादुर घर्ती क्षेत्रीले बताउनु भयो । मुसिकोटको नामाकरण गरिएको साविक मुसिकोट गा.वि.स. मा रहेको बाईसे चौबिसे राज्य अन्तरगतको मुसिकोट दरवार मुसिकोटको मुख्य पहिचान भएपनी नगरपालिकाबाट यसको लागि खासै चासो नदिईएको मुसिकोट २ का वडा अध्यक्ष रबिन्द्र के. सी. गुनासो छ । मुसिकोटमा पर्यटन प्रवर्द्धनका लागि हजारौं संभावना भए पनि नगरपालिकासङ कुनै योजना नहुदा पछि…
अनिल खत्री २५ वैशाख, गुल्मी । गुल्मीको छत्रकोटमा स्वर्गिय जीवन बाबु पन्थको स्मृतिमा क्लबको भवन निर्माण हुन लागेको छ । जिल्लाको छत्रकोट गाउँपालिका वडानम्बर–३ हर्दिनेटामा नवप्रगतिशिल युवा क्लबका स्वर्गिय अध्यक्ष जीवन बाबु पन्थको स्मृतिमा आफनै ‘जीवन बाबु स्मृति भवन’ निर्माण हुन लागेको हो । निर्माण हुन लागेको भवनको छत्रकोट गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले शिलान्यास गरेका हुन् । गतवर्ष मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएका नवप्रगतिशिल युवा क्लबका अध्यक्ष जीवन बाबु पन्थको स्मृतिमा भवन बनाउन लागेको हो । भवन निर्माण गर्नका लागि छत्रकोट गाउँपालिकाले यस आर्थिक वर्षमा निशुल्क रुपमा जग्गा र ५ लाख रुपैयाँ बिनियोजन गरेको छ । भवनको शिलान्यास गर्दै गाउँपालिका…
गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलबाट साप्ताहिक रूपमा चार उडान हुने भएको छ । यसअघि तीन उडान गर्दै आएकोमा यात्रुको चापअनुसार एक दिन उडान थप गरिएको नेपाल एयरलाइन्स रेसुङ्गा विमानस्थल स्टेसन प्रमुख सुमन थापाले बताए । विमानस्थलबाट सोमबार, बुधबार र शुक्रबार उडान हुँदै आएको छ । अब साप्ताहिक रूपमा शनिबार थप गरेर हप्ताको चार पटक उडान गरिने भएको हो ।विमानस्थलमा गत वर्षको वैशाख २९ गतेबाट नेपाल एयरलाइन्सले उडान गर्दै आएको छ । गुल्मीबाट एक वर्षको अवधिमा करिब ७० वटा उडानमा ८ सयभन्दा बढी नागरिकले हवाई सेवा लिएको थापाले बताए । अहिले गुल्मीबाट काठमाडौंका लागि ७ हजार ८० र काठमाडौंबाट गुल्मीका लागि…
बसन्त अधिकारी, गुल्मी गुल्मी समाज जापानले गुल्मी जिल्लाका विभिन्न ठाउँमा भएका आगोजनीका पिडिटलाई राहत संकलन शुरु गरेको छ । गुल्मी सेवा समाज जापनाको २०२४/४/२६ तारिका दिन बसेको बैठकले आगोलागीबाट पिडितलाई मलम लगाउने उदेश्यले सहयोग संकलन शुरु गरिएको र सहयोगको लागि सबैलाई अपिल गरिएको गुल्मी समाज जापानका अध्यक्ष महेन्द्र कुमार अधिकारीले बताउनु भयो । गुल्मी समाज जापानका प्रवक्ता दिलिप थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा गुल्मी समाज जापानको जेपि बैंकमा रहेको खाता न १०१६०-३७१२३४२१ मा जम्मा गर्नको लागि अपिल गरिएको छ । गुल्मी समाज जापानले यस्ता विविध सामाजिक काम गर्दै आई रहेको छ ।
विष्णुप्रसाद आचार्य (चकित) गुल्मी : मुसिकोट युवा क्लव वडानम्बर ७ वामीटक्सार वडा कार्यसमितिको आयोजनामा चकटी र कुसन बनाउने तालिम शनिबारबाट सुरु भएको छ । वामीटक्सारस्थित दरबार होटलको सभाहलमा आजबाट तालिम सुरु भएको क्लवकी वडानम्बर ७ की अध्यक्ष शीला खरालले जानकारी दिनुभयो । यत्रतत्र अलपत्र फालिएका फोहोरजन्य प्लाष्टिकका कागजबाट चकटी र प्रयोगबिहिन कपडाबाट कुशन बनाउने तालिमको आयोजना गरिएको क्लवका वडाकोषाध्यक्ष सज्जन बौद्दाचार्यले जानकारी दिनुभयो । शनिबारबाट सुरु भएको तालिम निरन्तर चलिरहने र फुर्सदमा रहेका स्थानियलाइ आयअर्जनको श्रोतको रुपमा तालिमले सहयोग पुराउने अपेक्षा लिइएको क्लवका वडासचिव सोलन शाक्यले बताउनुभयो । शनिबारबाट सुरु भएको तालिममा झण्डै ५० जना सहभागि उपस्थित भएर उत्साहपुर्वक कुसन…
गुल्मी। काठमाडौँ महानगरपालिकाले अग्नि प्रभावित दुई गाउँपालिकालाई १०/१० लाख रुपैयाँ अनुदान सहयोग दिने निर्णय गरेको छ । अग्नि प्रभावित दाङको ‘राजपुर गाउँपालिका’ र गुल्मीको ‘इस्मा गाउँपालिका’ लाई प्रति स्थानीय तह १०/१० लाख रुपैयाँ अनुदान सहायता उपलब्ध गराउने निर्णय गरेको हो । महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको महानगर विपद् व्यवस्थापन समितिको बैठकले, आगलागीका कारण घर, गोठ, पशु चौपाया र धन सम्पत्तिको क्षति व्यहोरेका स्थानीयको संकटपूर्ण जीवनमा तत्काल राहत उपलब्ध गराउन, खाद्यान्न, औषधोपचार, खानेपानी अनुदान सहायता उपलब्ध गराउने निर्णय गरेको हो । यो रकम महानगरपालिकाको विपद् व्यवस्थापन कोषबाट पठाइनेछ । पालिकाहरूले महानगरपालिकासँग सहयोग माग गरेका थिए । वैशाख ८…
गुल्मी – गुल्मीमा घाँस काट्ने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाकाे रेसुङ्गा नगरपालिका -२ छापटाेला बस्ने ४३ वर्षीय खुमकला थापाकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता तथा नायब उपरीक्षक शंकर पाेखरेलले जानकारी दिए । मृतक थापा बिहिवार श्रीमान् सँगै घाँस काट्न रेसुङ्गा नगरपालिका-३ दहडाँडामा गएकी थिइन् । दिउँसो ४ बजे घाँस काट्ने क्रममा लडेपछि उनलाई उपचारको लागि जिल्लाको सदरमुकाम तम्घास स्थित गुल्मी अस्पताल ल्याइएको थियो ।
सुचना बिभाग दर्ता नं. २८६४/२०७८-०७९
अध्यक्ष : वसन्त अधिकारी
सम्पादक : सरिता पौडेल
रेसुङ्गा नगरपालिका -२ तम्घास, गुल्मी ।
९८५७०६४२५२
infochhadkenews@gmail.com