सुचना बिभाग दर्ता नं. २८६४/२०७८-०७९
अध्यक्ष : वसन्त अधिकारी
सम्पादक : सरिता पौडेल
रेसुङ्गा नगरपालिका -२ तम्घास, गुल्मी ।
९८५७०६४२५२
infochhadkenews@gmail.com
छड्के न्युज डट कम २०७८ असोज ८ गतेबाट छड्के मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । छड्के न्युजमा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई (infochhadkenews@gmail.com) मा मेल पठाउन वा ९८५७०६४२५२ फोन गर्न सक्नुहुने छ ।
बुटवल । लुम्बिनी प्रदेशको बुटवल- भैरहवामा प्रदेशमा नै पहिलो पटक राइड शेयरिङ एप ‘इ–ड्राइभ नेपाल’ संचालन आएको छ । ड्राइभ लुम्बिनी प्रालि र इ–ड्राइभ नेपाल प्रालिले पहिलोपटक लुम्बिनी प्रदेशमा राइड शेयरिङ एप ‘इ–ड्राइभ नेपाल’ संचालनमा ल्याएका हुन् । इ–ड्राइभ नेपाल प्रालिले बिगत ६ महिनादेखि काठमाडौं उपत्याकामा राइड सेयरिङ सेवा उपलब्ध गराउँदै आएको छ । उक्त सेवा विस्तार गरी भैरहवा–बुटवल लगायत वरिपरिका क्षेत्रमा सेवा संचालन सुरु गरिएको हो । कुनै गन्तव्यमा जानु परेमा सर्वसाधरणले इ–ड्राइभको एपमार्फत् सवारीसाधन बुक गरी तोकिएको शुल्क तिरेर गन्तव्यमा पुग्न सक्नेछन् । बुधबारदेखि संचालनमा ल्याइएको उक्त सेवाले सवारीसाधन बिहीन यात्रुलाई जुनसुकै बेला सेवा लिन सहज हुने विश्वास गरिएको…
चिनियाँ लगानीमा विराटनगरमा विद्युतीय गाडी नेपालमै बनाउने सम्झौता भएको छ । कोशी एनके मोटर्स र चिनियाँ कम्पनी सिमेन गोल्ड ड्रागन अटो बडी को लिमिटेडबीच सम्झौता भएको हो । शैक्षिक क्षेत्रमा लगानी गरेका टिकाराम पुरीको कम्पनीले नेपालमा गाडी उत्पादन गर्न चिनियाँहरुसंग समझदारी गरेको छ । चिनियाँ कम्पनीले लगानी सम्मेलन अवसर पारेर नेपालको कोसी एनके मोटर्ससँगको सहकार्यमा वार्षिक पाँच हजार थान बढी बिजुली गाडी उत्पादन गर्ने सम्झौता गरेको हो । नेपालमा चारपांग्रे गाडी उत्पादन गर्ने बताइएको छ । चीनमा भएको सम्झौतामा पहिलो चरणमा ३ अर्ब रुपैयाँ लगानी गर्ने सम्झौता भएको छ । सो अवसरमा कम्पनीले प्लान्टका लागि विराटनगरको बूढीगंगामा १५ बिघा जग्गा…
गुल्मी : मदन भण्डारी राजमार्गअन्तर्गत रिडी-तम्घास सडक एक महिना बन्द हुने भएको छ। रिडीदेखि बलेटक्सारसम्मको २५ किलोमिटर सडक स्तरोन्नति तथा कालोपत्रे गर्न लागिएकाले सडक बन्द हुने जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ। जिल्ला प्रशासन कार्यालय गुल्मीले एक सूचना जारी गर्दै सडक यही वैशाख १७ गतेदेखि जेठ १५ गतेसम्म बिहान १० बजे देखि ४ बजेसम्म र राति १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने जनाएको छ। अहिले उक्त सडकका केही ठाउँमा कडा चट्टान फोर्न र सडकको ग्रेड मिलाउने कार्य गर्न धमाधम भइरहेको छ। २०७९ फागुन २८ गते सम्झौता भई २०८२ साल फागुन २५ गतेसम्म काम सम्पन्न गर्ने गरि समान्तर इलाइट जेभीले…
गुल्मी, १४ बैशाख । गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । गएराति गुल्मी गुल्मीदरवार गाउँपालिका -३ म्यालपोखरी स्थित रिडि तम्घास सडकखण्डमा गौडाकोट देखि बिरवास तर्फ जाँदै गरेको लु ३५ प ५४८४ नम्बरको १५० सिसिको पल्सर मोटर साइकल आफै अनियन्त्रित भई बाटो देखि करिब ३० मिटर तल खस्न गई दुर्घटना भएको थियो । दुर्घटनामा घाइते सोही पालिकाको वडा नम्बर -३ राजा बस्ने २९ वर्षीय अनिलराज घर्तीको ज्यान गएको हो । दुर्घटनामा परि घर्तीको टाउकोमा चोट, कान र नाकबाट रगत बगेको गम्भीर अवस्थामा उपचारको लागी जिल्ला अस्पताल तम्घासमा ल्याएकोमा डाक्टरले मृत घोषणा गरेको थियोे । शब जिल्ला अस्पताल तम्घासको…
गुल्मी । गुल्मीको संस्थागत एक विद्यालयलाई आर्थिक सहयोग प्राप्त भएको छ। तम्घासस्थित ब्रिलियन्ट युनाइटेड एकेडेमीलाई शैक्षिक गुणस्तरमा थप सुधारका लागि आर्थिक सहयोग प्राप्त भएको बताइएको छ । २०६७ सालदेखि मन्टेश्वरी विधिबाट पठनपाठन सञ्चालन गर्दै यस विद्यालयको १४ औं वार्षिकोत्सबको अवसरमा कक्षा नर्सरीदेखि कक्षा १० सम्म अध्ययन गर्नुभएकी पूर्व विद्यार्थी सोनु खत्रीका अभिभावक कमल खत्री र शान्ती खत्रीले विद्यालयको थप उन्नति र प्रगतिको लागि ३० हजार ५०० रुपियाँ आर्थिक सहयोग गर्नुभयो । अभिभावकले प्रदान गर्नुभएको उक्त सहयोग रकमको चेक रेसुङ्गा नगरपालिकाका शिक्षा शाखा प्रमुख पिताम्बर पन्थीले सञ्चालक समिति अध्यक्ष गुणानिधी शर्मा र प्रधानाध्यापक सन्तोष थापालाई हस्तान्तरण गर्नुभयो । त्यस अवसरमा अभिभावक…
विष्णुप्रसाद आचार्य (चकित) – गुल्मीको मुसिकोट नगरपालिका वडानम्बर ९ अर्लाङ्कोटमा संचालित एम्बुलेन्स करिब डेढ बर्षसम्म सेवा बन्द भएको थियो जुन सोमबारबाट पुन संचालनमा आएपछि स्थानिय खुसी भएका छन्। करिब डेढ बर्षसम्म सेवा बन्द गरिएको एम्बुलेन्सलाई संचालनका लागि नयॅा कार्यसमितिको गठनपश्चात कुशल अभिभाबकत्व प्रदान गर्नुभएका हरिप्रसाद खराल,गोबिन्द सापकोटा र धुर्ब खरेललाइ समितिको निर्णयअनुसार बुटवल पुगेर एम्बुलेन्स मर्मत गरी आऊनुभएको भूमिकप्रती सोमबार बसेको समितिको बैठकले धन्यवाद प्रस्ताब पारित गरिएको अध्यक्ष रामकृष्ण कंडेलले जानकारी दिनुभयो। त्यस्तै तत्काल एम्बुलेन्स चालक नभएकोले नियुक्ति गर्ने र कुशल चालककोरुपमा अर्लाङ्कोटका स्थानियलाई ग्राहयता दिने निर्णय गरिएको र चालक नियुक्ति नहुदासम्म समितिकै हरिप्रसाद खरेललाई जिम्मा दिने निर्णय गरिएको समितिका अध्यक्ष…
मुसिकोट गुल्मी, बडिघाट खोला तर्ने क्रममा खोलाले बगाउदा एक जनाको ज्यान गएको छ । बागलुङको बडिगाड गाँउपालिका २ कि खिमा कामिको आज बडिगाड खोलाले बगाउदा ज्यान गएको हो । विहान खोलामा गएकि ७७ बर्षिया खिमालाई बडिगाड खोलाले बगाएर सात सय मिटर तल घोप्टे रहमा पु¥याएको थियो । खिमालाई बडिगाड खोला तर्नेक्रममा चिप्लिएपछि खोलाले बगाएको ईलाका प्रहरी चौकी हरिचौरका प्रहरी निरिक्षक थम्मनसिंह रानाले जानकारी दिएका छन । खिमाको शव पोष्टमार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ लगिएको समेत रानाले जानकारी दिए । साथै उनले प्रहरीले घटनाकाे थप अनुशन्धान गरिरहेकाे समेत बताए ।
गुल्मी: कमलामाई नगरपालिकाको २०८० फागुन १६ गतेको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले मङ्गलवार परमादेश जारी गरेको छ । सरकारी कर्मचारी, शिक्षक र जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य सरकारी विद्यालयमा पढाउनु पर्ने कमलामाई नगरपालिका कार्यपालिकाको निर्णय कार्यान्वयन नगर्न नगराउनु उच्च अदालत पाटनले आदेश दिएको हो । अधिवक्ता लोकहरि आचार्यले दायर गर्नु भएको रिटको मङ्गलवार सुनुवाइ गर्दै नगरपालिकाको कार्यपालिको मिति २०८० फागुन १६ को निर्णय भन्दै सामुदायिक विद्यालयलाई नगरपालिकाले २०८० चैत १ गते पत्राचार गरि कर्मचारी शिक्षकका छोराछोरी अनिवार्य सरकारी विद्यालयमा पढाउनु पर्ने भन्दै आदेश फर्मान गरेको थियो । निवेदक अधिवक्ता लोकहरि आचार्य लीलानाथ घिमिरेको बहस पछि उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर…
मनोज कार्की, गुल्मी – शनिबार दिउँसो गुल्मीका विभिन्न स्थानमा आगलागी भएको छ। जिल्लाका १२ वटै स्थानीय तहमा रहेका सामुदायिक, व्यक्तिगत र सरकारी वनमा आगलागी भइरहेको छ। आगलागी भएका स्थानमध्ये सबैभन्दा बढी क्षति इस्मा गाउँपालिकाका विभिन्न स्थानमा पुर्याएको प्रहरीले जनाएको छ। जिल्लाका विभिन्न ठाउँमा हावाहुरीसहित लागेको आगोले करोडौंको क्षति पुर्याएको हो। इस्मा गाउँपालिका-२ हस्तिचौरस्थित सिदुङखा रानी सामुदायिक वनमा हावाहुरी सहित आगलागी हुँदा १३ घर पूर्ण रुपमा क्षति भएको वडाध्यक्ष लोकनाथ आचार्यले जानकारी दिए। वडाध्यक्ष आचार्यका अनुसार दुई स्थानमा २५ वटा गोठ पनि जलेका छन् भने झण्डै ४० वटाले भैँसी र बाख्राले जलेर ज्यान गुमाएका छन्। अहिले आगलागी भएका अधिकांश ठाउँमा तीनवटै…
बैशाख ९ माधब खरेल मुसिकोट नगरपालिका भित्र क्षयराेगका बिरामी प्रशस्त रहेको हुँदा क्षयराेगका बिरामीलाई कम गर्न क्षयराेग मुक्त नगरपालिका घोषणा गर्ने लक्ष्य साथ मुसिकोट् नगरपालिकाले वडा स्तरीय क्षयराेग मुक्त अभियान सन्चालन गर्न वडा स्तरीय समिती गठन तथा अभिमुखीकरण कार्यक्रम सन्चालन गरेको मुसिकोट नगरपालिकाले जनाएको छ । कार्यक्रममा बोल्दै मुसिकोट नगरपालिका उपप्रमुख गङगा श्रेष्ठले मुसिकोट नगरपालिकाले प्रत्येक वडालाइ क्षयराेग मुक्त वडा घोषणा गर्दै सिङ्गो नगरपालिकालाई नै घोषणा गर्ने मुसिकोट को लक्ष्य रहेको बताउदै उक्त अभियानमा जोडिन सम्पुर्ण मुसिकोट बासीलाइ आग्रह गर्नु भएको थियो । मुसिकोट नगरपालिका वडा न १ का कार्यबाहक वडा अध्यक्ष बिष्णु खातिको अध्यक्षतामा सुरु भएको कार्यक्रम मुसिकोट नगरपालिका…
सुचना बिभाग दर्ता नं. २८६४/२०७८-०७९
अध्यक्ष : वसन्त अधिकारी
सम्पादक : सरिता पौडेल
रेसुङ्गा नगरपालिका -२ तम्घास, गुल्मी ।
९८५७०६४२५२
infochhadkenews@gmail.com