सुचना बिभाग दर्ता नं. २८६४/२०७८-०७९
अध्यक्ष : वसन्त अधिकारी
सम्पादक : सरिता पौडेल
रेसुङ्गा नगरपालिका -२ तम्घास, गुल्मी ।
९८५७०६४२५२
infochhadkenews@gmail.com
छड्के न्युज डट कम २०७८ असोज ८ गतेबाट छड्के मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । छड्के न्युजमा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई (infochhadkenews@gmail.com) मा मेल पठाउन वा ९८५७०६४२५२ फोन गर्न सक्नुहुने छ ।
अनिल खत्री गुल्मी – गुल्मी जिल्लाको छत्रकोटमा एक दिने उखु महोत्सव गरिएको छ । किशानको उत्पादनलाई बजारीकरण गर्ने र उखु खेतीमा कृषकलाई आकर्षण गराउने उदेश्यले छत्रकोट गाउँपालिकाले पहिलोपटक एक दिने उखु महोत्सव गरिएको हो । गाउँपालिकाले गतवर्ष सुन्तला महोत्सव गरेको थियो । पालिका भित्र मुख्य रुपमा उत्पादन हुँने सुन्तला र उखु खेतीले परिचित छ । कृषकलाई उखु खेतीमा आकर्षण र बजारीकरणमा टेवा पुर्याउने उदेश्यले गाउँपालिकाले यस वर्ष उखु महोत्सव गरेको पालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताउनुभयो । उहाँले कृषकले उत्पादनमा गुणस्तरीयता सधै कायम राख्न आग्रह गर्नुभयो । कृषकले गुणस्तरमा ख्याल गरे दिगो रुपमा सफल हुने उहाँको तर्क छ । महोत्सवमा उखुका परिकार…
८ वैशाख, गुल्मी । बडीगाड खोलामा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । सत्यवती गाउँपालिका-६ खैरेनी निवासी १४ वर्षका युवराजदिन मियाँको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरलले जानकारी दिए । शुक्रबार दिउँसो माछा मार्न बाडिगाड खोलामा गएका मियाँ घरमा नआएपछि खोजने क्रममा खोला किनारमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी निरीक्षक अनिल थापा नेतृत्वको टोली खटिएको छ ।
बसन्त अधिकारी, मुसिकोट : नेपाल शिक्षक महासंघ मुसिकोट नगर कार्य समिति मुसिकोटको आयोजनामा प्राथमिक तह विद्यार्थी मुल्यांकन समन्धी एक दिने तालिम मुसिकोटमा सम्पन्न भएको छ । महेन्द्र आर्दश नमुना माध्यमिक विद्यालयका साहायक प्रध्यानाध्यापक धनपति खरेल र सोहि विद्यालयका शिक्षक विक्रम कार्किले प्रशिक्षण दिएको तालिममा शिक्षक महासंघका नगर उपाध्यक्ष चिन्तामणि चालिसे तथा नेपाल राष्ट्रिय शिक्षक संगठनका उपाध्यक्ष बाबुराम घिमिरेले शैक्षिक क्षेत्रमा राजनितिकरण हुुन नुहने तर्क राख्नुभएको थियो । गत आईतबार महासंघको बैठकले गरेको निर्णय अनुशार पालिकाभरका ६४ जना शिक्षकलाई तालिममा सहभागि गराईएको नेपाल शिक्षक महासंघ मुसिकोटका सहसचिव विष्णु प्रसाद आचार्यले जानकारी दिनुभयो । पछिल्लो समय विद्यालयको आधारभूत तह कक्षा १–३ मा…
अनिल खत्री ७ वैशाख, गुल्मी । गुल्मीमा जंगलमा लागेको आगो विद्युत सब–स्टेसनमा सल्किंदा डेढ करोड बढीको क्षति भएको छ । जिल्लाको गुल्मीदरबार गाउँपालिका वडानम्बर-४ बिरबासस्थितमा रुङखादह सामुदायिक जंगलमा लागेको आगो विद्युत सब–स्टेसन परिसरमा पुग्दा त्यहाँ रहेका तारहरु जलेर नष्ट भएको नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रका प्रमुख अर्जुन पोखरेलले बताए । जिल्लाका सम्पूर्ण क्षेत्रमा विद्युतस्करण गर्ने लक्ष्यले त्यस स्थानमा तारसहितका सामग्री राखिएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयहरु दमकलसहित खटिएर आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले बताए । पछिल्लो केही दिन यता जिल्लाका विभिन्न स्थानका सामाुदायिक वनमा आगलागीका घटनाहरु बढदै गएका छन् ।…
गुल्मी – पछिल्लो समय मानिसका जन्मदिन मनाउने तरिका आ–आफ्नै छन् । कतिपयले जन्मदिनको अवसरमा हजारौँ रकम होटल रेस्टुरेन्टमा खर्चिएर त्यो दिनलाई विशेष बनाउने गर्दछन् त कतिले फजुल खर्चलाई कटौती सामाजिक क्षेत्रमा पनि योगदान दिने गरेका छन् । जन्मदिनमा केक काट्ने साथीभाई भेटघाट तथा भोजभतेर गरेर आफ्नो जन्मदिनलाई बिशेष बनाउने प्रचलन हाम्रो समाजमा अझै पनि कायममै छ । तर,गुल्मीमा एक महिला उद्यमीले आफ्नो जन्मदिनको अवसरमा गो सेवा र अनाथ आश्रममा सहयोग गरेकी छिन् । जिल्लाको रेसुंगा नगरपालिका–९ उपल्लो तम्घास निवासी विन्दु पन्थी मरासिनीले जन्मोत्सवको अवसरमा रेसुंगा चौतारामा अवस्थित गौशालामा रहेका गाईलाई नुन, दाना र तिलोत्तमा नगरपालिकामा अवस्थित अविनास अनाथ आश्रमका बालबालिकालाई…
अनिल खत्री ३ वैशाख, गुल्मी । गुल्मीमा आगो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मुसिकोट नगरपालिका वडा नम्बर १ तल्लो पौदीस्थित सर्वोदय माविको सल्लाघारीमा लागेको आगो निभाउने क्रममा लडेर ५८ वर्षका महले घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) राजन भुजेलले बताए । आगो निभाउने क्रममा घाइते घर्तीको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सोही ठाउँमा आगो निभाउने क्रममा ५२ वर्षका रेशम थापा घाइते भएका छन् । थापाको गुल्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ
गुल्मी —सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको सिद्धबाबा सुरुङ मार्गमा दुई सिफ्टमा चौबिसै घण्टा काम गराएर ६ महिनाभित्र ‘ब्रेक थ्रु’ गर्ने तयारी गरिएको छ । यो सडक खण्डमा बारम्बार पहिरो खसेर दुर्घटना बढ्न थालेपछि विकल्पका रूपमा सुरुङ बनाउन थालिएको हो । अहिलेसम्म १ हजार १ सय २६ मिटरमध्ये १ सय मिटर सुरुङ खन्ने काम सकिएको छ । मेसिनले मात्र खनेका कारण केही ढिलाइ भए पनि अब विस्फोट गराएर काम गर्दा प्रगति बढ्ने सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक नरेशमान शाक्यको दाबी छ । बढीमा दुई साताभित्र विस्फोटक पदार्थ प्रयोग गरेर सुरुङ खन्ने कामलाई तीव्रता दिइने आयोजनाले जनाएको छ । बुटवलतर्फको चिडियाखोलाबाट ९ सय १० मिटर र…
गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नं-७ वामीटक्सारमा सञ्चालित लुम्बिनी वामी हस्पिटल प्रा.लिले नयाँ वर्षको अवसरमा टिकट शुल्क नलिने भएको छ । हस्पिटलले नागरिकहरुलाई सुलभ स्वास्थ्य सेवा प्रदान गर्ने उद्धेश्यले यसअगाडी लिँदै आएको टिकट शुल्कमा छुट गरिएको व्यवस्थापक दिपेन्द्र ज्ञवालीले जानकारी दिनुभयो । नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको हस्पिटलले नयाँ वर्षको अवसरमा वैशाख १ गतेदेखि नै लागु हुने गरी वैशाख महिनाभर ओपीडि शुल्क अर्थात टिकट शुल्क नलिने निणर्य गरेको उहाँले बताउनुभयो । अस्पतालले हाल दैनिक विशेषज्ञ सहितको स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । अर्का व्यवस्थापक रोशन सेनले टिकट शुल्क संगै औषधीमा समेत १० प्रतिशतसम्म छुट दिने निणर्य गरेको बताउनुभयो…
मनिज कार्की, गुल्मी – गुल्मीमा आगामी वैशाख ५ गतेदेखि ११ गतेसम्म श्रीरामकथा,हनुमान चालीसा हवनात्मक अनुष्ठान राष्ट्रकल्याण महायज्ञ हुने भएको छ । सीताराम मन्दिर व्यवस्थापन समितिको आयोजना जिल्लाको गुल्मीदरबार गाउँपालिका र रेसुङ्गा नगरपालिकाको संगमस्थल भुवाने पार्कमा महायज्ञ हुन लागेको हो । सीताराम मन्दिरमा ऐतिहासिक मन्दिरको संरक्षण र राष्ट्रको कल्याण गर्दै भगवान्प्रति मनुष्यको विश्वास र उनको पुजा गर्ने उद्देश्यले पहिलो पटक सातदिने महायज्ञ गर्न लागिएको मन्दिरका सीताराम मन्दिरका निर्माणकर्ता सुब्बा बस्नेतले जानकारी दिए । नेपालकै कम उमेरकी वाचिका सुश्री उमामहेश्वरी महायज्ञमा प्रमुख वाचिकाका रुपमा आउने भएकी छन् भने उप–वाचिका राधिका लोककल्याणकारी रहेको आयोजकले जनाएको छ । सीताराम मन्दिर व्यवस्थापन समितिले महायज्ञको तयारीलाई तीव्र…
गुल्मी- पछिल्लो समय गुल्मीका किसान उखुखेतीतर्फ आकर्षित भएका छन्। कम लागतमा बढी उत्पादन हुनुका साथै उखुबाट गुँड र खुदो बनाएर बेच्न सकिने भएपछि यहाँका किसान उखुखेतीतर्फ आकर्षित भएका हुन्। जिल्ला गुण र खुदोको लागि प्रख्यात मानिन्छ। देशका ठूला सहरका साथै विदेशी बजारमा गुल्मीको गुँड तथा खुदोको माग बढ्न थालेको स्थानीय बताउँछन्। विगतका वर्षमा किसानले परम्परागत खेती गर्दै आएकामा पछिल्लो समय भने उखुको व्यावसायिक खेती गर्दै आएका छन्। कतिपय कृषिजन्य सामग्रीले बजार नपाइरहेका बेला उखुबाट बनेका गुँड र खुदोलाई भने बजारको कुनै समस्या नहुँदा जीविकोपार्जनमा सहजता मिलेको किसान चोलनाथ ज्ञवालीले बताए। ‘पहिले-पहिले बजारको समस्या थियो। अहिले भने कुनै समस्या छैन’, उनले भने, ‘उखुबाट…
सुचना बिभाग दर्ता नं. २८६४/२०७८-०७९
अध्यक्ष : वसन्त अधिकारी
सम्पादक : सरिता पौडेल
रेसुङ्गा नगरपालिका -२ तम्घास, गुल्मी ।
९८५७०६४२५२
infochhadkenews@gmail.com