विष्णुप्रसाद आचार्य मुसिकोट गुल्मी – गुल्मीको मुसिकोट नगरपालिकामा जन्म दिनको अवसरमा विपन्न विद्यार्थीहरुलाइ शैक्षिक सामाग्री र पोशाक वितरण गरिएको छ । गोल्डेन फ्युचर एकेडेमी वामीको कक्षा २ मा अध्ययनरत इशिका तिवारीले आफ्नो जन्म दिनको अवसर पारेर श्री जनज्योति प्राथमिक विद्यालय वामी सेरामा अध्ययनरत ५ जना विपन्न विद्यार्थीहरुलाइ उनले सामाग्री हस्तान्तरण गरेकी हुन । आफुले गुल्मी समाज भिक्टोरिया समाजद्वारा प्राप्त गरेको पुरस्कार रकम र आफ्नो जम्मा गरि राखेको दक्षिणाबाट संकलन भएको रकमबाट उक्त विद्यालयका सरस्वती कुमाल,प्रबिन नेपाली,पुनम चमार,पविना कुमाल र दीपशिखा कुमाललाइ तयारी कमीज,पाइन्ट,जुत्ता,कापी,पेन्सिल र मुसुरोको दाल लगायतका सामाग्री हस्तान्तरण गरेकी हुन । उनका बुवा रामु तिवारी रुद्रावती बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख…
Read More