बसन्त अधिकारी, गुल्मी: मुसिकोट ८ को आयोजनामा एक दिने लैङिगक समानता, जातिय विभेद तथा आत्महत्या निरुत्साहन समन्धि प्रशिक्षण मुसिकोटमा सम्पन्न भएको छ । प्रशिक्षणमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा , जिल्ला समिति अध्यक्ष जगदीश अर्याल, जिल्ला प्रहरी कार्यालय प्रमुख एस.पि. राजन भुजेलले छुट्टा छुट्टै विषयमा प्रशिक्षण दिनुभएको वडा अध्यक्ष रमेश बिश्वकर्माले बताउनु भयो । कार्यक्रमको अवसरमा मुसिकोट ८ मा कार्यरत कटुवालहरुलाई सम्मानसहित हाते माईक हस्तान्तरण गरिएको कार्यपालिका सदस्य सम्झना खत्रीले बताउनु भयो । करिब १५० जना भन्दा बढि सहभागी रहेको प्रशिक्षणमा विद्यालयका प्रध्यानध्यापक, संघ संस्था प्रमुख, विद्यार्थी, समाजसेवी, बुद्धिजिवी, पत्रकार , वडाका सबै जनप्रतिनिधि र सामाजिक ब्यक्तित्वहरुको उपस्थिति रहेको वडा…
Read More