सरीता पौडेल, गुल्मी जेठ ११ । मुसिकोट युवा क्लव, मुसिकोट गुल्मीको आयोजनामा जिवन रुपान्तरणका लागि सकारात्मक सोच सम्बन्धि एक दिने उत्प्रेरणात्मक अभिमुखिकरण कार्यक्रम वामीटक्सारमा सम्पन्न भएको छ । युवाहरुमा आएको बढ्दो निराशालाई कम गर्दै सकारात्मक सोचको विकास गर्ने उद्धेश्य सहित आयोजना गरिएको कार्यक्रममा ६० जना भन्दा वढि युवाहरुको सहभागिता रहेको थियो। मुसिकोट नगरपालिका अन्तरगतका शिक्षक, कर्मचारी, जनप्रतिनिधि, संघ सस्था प्रमुख तथा युवाहरुले लिएको प्रशिक्षणमा मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरी प्रशिक्षक तथा प्रशिकक्षार्थीहरुसङ सबै सङ नाच्दै रमाईलो गर्दै दिनभरी तालिम लिएर बस्नुभएको थियो। उत्प्रेरक वक्ता तथा प्रशिक्षक संगम महतले सहजिकरण गर्नुभएको कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चेतनाथ गिरि,…
Read More