सुचना बिभाग दर्ता नं. २८६४/२०७८-०७९
अध्यक्ष : वसन्त अधिकारी
सम्पादक : सरिता पौडेल
रेसुङ्गा नगरपालिका -२ तम्घास, गुल्मी ।
९८५७०६४२५२
infochhadkenews@gmail.com
छड्के न्युज डट कम २०७८ असोज ८ गतेबाट छड्के मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । छड्के न्युजमा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई (infochhadkenews@gmail.com) मा मेल पठाउन वा ९८५७०६४२५२ फोन गर्न सक्नुहुने छ ।
बसन्त अधिकारी, गुल्मी: मुसिकोटका महिलाहरुले विभिन्न कार्यक्रम गरि ११४औं नारी दिवस भब्यताका साथ मनाएका छ्न । “महिलामा लगानी: सभ्य समुन्नत समाजको थालनी” भन्ने मुल नाराका साथ बिश्वभर मनाईको नारी दिवस मुसिकोटमा पनि भब्यताका साथ मनाइएको हो । मुसिकोट नगरपालिका वडा न २ का नारीहरु वडाको केन्द्र मुसिकोट देउरालीमा जम्मा भै विभिन्न महिला अधिकार समन्धि ब्यानर, पम्प्लेट र नारा सहित देउराली ठाटिकोचौर हुँदै एतिहासिक धार्मिक स्थल मुसिकोट दरवार सम्म पुगेको वडा सदस्य राधिका धिमिरेले बताउनु भयो । नारी दिवसको अवसरमा स्वतस्फूर्त विभिन्न तह र तप्काका नारीहरु जुटि कार्यक्रम गरियो पुर्व वडा सदस्य कोपिला घिमिरेले बताउनु भयो । मुसिकोट नगरपालिकाले प्रत्यक वडामा…
सरीता पौडेल, गुल्मी मुसिकोट नगरपालिका गुल्मीले आफ्नै भवनबाट सेवा प्रदान गर्न सुरु गरेको छ । कार्यालयले २०८० फाल्गुण २४ गतेबाट सेवा सुरु गरेको हो । गत मंसिर २० गते पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीबाट कार्यालयको समुद्घाटन गरिसकेपछी नगर प्रमुख र उपप्रमुखले सो कार्यालयबाट आफ्नो काम गर्दै आउनु भएको थियो । केही प्रवधिक कारणले नागरिकको सम्पुर्ण काम गर्न सकिएको थिएन फाल्गुण २४ गतेबाट काम सुरु गर्न थालिएको छ नगरपालिकाका सुचना अधिकारी प्रकास घिमिरेले बताउनु भयो । सबै काम एउटै भवनबाट हुने हुदा सेवाग्राहीलाई सास्ती नहुने गरि कार्यलयबाट प्रदान हुने सेवा बिना झन्झट दिईने योजना शाखा प्रमुख मुना ज्ञवालीले बताउनु भयो ।…
गुल्मी : फेन्सी कपडा व्यवसायी समिति मुसिकोटको प्रथम अधिवेशन मुसिकोटमा सम्पन्न भएको छ । मुसिकोट नगरपालिका वडा नं ७ वामीटक्सार स्थित होटल दरबारमा सम्पन्न अधिवेशनले रामहरी सापकोटाको अध्यक्षतामा १३ सदस्यीय मुसिकोट नगर समिति सर्वसम्मत चयन गरेको छ । नवगठित समितिको बरिष्ठ उपाध्यक्षमा मिना जि.सि., उपाध्यक्षमा सपना रायमाझी, महासचिवमा लिलामणी भट्टराई, सचिवमा विपना खत्री र कोषाध्यक्षमा सागर खरेल लगायत रहनुभएको छ । त्यस्तै सदस्यहरुमा महेन्द्र सापकोटा, निर बहादुर बोहोरा, हरिकला सापकोटा, अर्जुन अर्याल, मुना काफ्ले आचार्य, सलोन शाक्य र झविन्द्र गुरुङ लगायत रहनुभएको छ । अधिवेशनले ३ सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ जसमा मदन घिमिरे, भागिरथ खरेल र राम…
मुसिकोट युवा क्लबले आफ्नो स्थापनाको अवसरमा एक हप्ते कार्यक्रम अभियान सम्पन्न गरेको छ । २०७९ फाल्गुण १७ गते औपचारिक दर्ता गरि सामाजिक काममा अग्रसर रहेको मुसिकोट युवा क्लबले स्थापनाको अवसरमा फाल्गुण १२ देखि १७ गतेसम्म एक हप्ते लामो छुट्टाछुट्टै कार्यक्रम सम्पन्न गरेको हो । स्थापनाको अवसरमा फाल्गुण १२ गते संस्थाको दोस्रो साधारण सभा तथा प्रथम अधिवेशन सहित लुम्बिनी वामी हस्पिटल प्रा.लि. सङ समन्वय गरि मधुमेहका रोगिहरुको निशुल्क चेकजाँच तथा डाक्टर परामर्श गरिएको जसमा करिब १०० जनाले सेवा लिएको, फाल्गुण १३ गते बडागाउ स्वास्थ्य चौकीसङ समन्वय गरि मुसिकोट माध्यमिक विद्यालयका कक्षा ८, ९ र १० का विद्यार्थी र अभिभावकलाई प्रजनन स्वास्थ्य…
मुसिकोट: राष्ट्र व्यापी अभियानका रुपमा बालबालिका लागि फाल्गुण १३ देखि चैत्र ७ गते सम्मको १ महिने रुबेला दादुरा विरुद्धको खोप संचालित अभियान अन्तरगत मुसिकोटमा फाल्गुण १६ देखि १८ सम्म खोप लगाईने भएको छ । ९ महिना देखि ५ वर्षसम्मका बच्चालाई दादुरा रुबेला विरुद्दको खोप दिईने र साविकका खोप केन्द्रमा खोप संचालन हुने मुसिकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डिबि जि.सी. ले बताउनु भयो । मुसिकोट नगरपालिकाका ९ वटै वडामा एकैसाथ खोप दिन लागिएको खोप लगाईने समयको जानकारी वडा कार्यालय, खोप समिती, स्वास्थ्य चौकी, स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाबाट लिन सकिने बताईएको छ । l खोपको लागि नगरभरिका महिला स्वास्थ्य स्वयंसेविका तथा…
काठमाडौँ– गायक स्वरूपराज आचार्यको स्वरमा ‘अजम्बरी नाता’ गीतको भिडियो सार्वजनिक गरिएको छ। दुर्गा निधि कौडाल (नवराज)को शब्द रहेको गीतमा सूर्य दयालुको संगीत तथा संगीत संयोजन छ। गीतकाे भिडियाे प्रेम, बिछोड र मिलनको कथामा बनेको छ। भिडियो सुबास जि.सी.को निर्देशन गरेका छन्। भिडियोमा शिल्पा पोखरेल, बिष्णु शदा शंकर, बद्री पुडासैनी, अनिता श्रेष्ठ र दिनेश शदा शंकरले अभिनयकाे अभिनय देख्न सकिन्छ। रेशम दर्लामीले छायांकन गरेको भिडियोको सम्पादन पवित्रा जि.सी.ले गरेकी हुन्। किरण रानाको सहायक निर्देशन रहेको भिडियोको पोस्ट प्रोडक्सन सुबास फिल्म्समा भएको हो। उर्मिला शदा शंकर र दिनेश शदा शंकरको लगानी रहेको भिडियो ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। यस्ताे…
गुल्मी: मुसिकोट युवा क्लबको आयोजनामा फाल्गुण १३ गते मुसिकोट-४ मा अवस्थित मुसिकोट माध्यमिक विद्यालयमा प्रजनन स्वास्थ्य समन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । क्लब स्थापनाको अवसरमा फाल्गुण १२ देखि १७ गतेसम्म विभिन्न कार्यक्रम गर्ने अभियान अन्तरगत फाल्गुण १२ गते क्लबको प्रथम अधिवेशन तथा दोस्रो साधारण सभा सम्पन्न गरेको छ भने फाल्गुण १३ गते मुसिकोट माध्यमिक विद्यालय मुसिकोट -४ गुल्मीका कक्षा ८/९/१० का विद्यार्थी र अभिभावकलाई प्रजनन स्वास्थ्य सचेतना कार्यक्रम गरिएको क्लबका उपाध्यक्ष दिनेश सिंह ठकुरीले बताउनु भयो । मुसिकोट माध्यमिक विद्यालयका करिब १०० जना भन्दा बढि विद्यार्थी र अभिभावकलाई स्वास्थ्य सचेतना गरिएको थियो । प्रशिक्षणमा बडागाउ स्वास्थ्य चौकीका प्रमुख मनोज…
गुल्मी । मुसिकोट युवा क्लव गुल्मीको दोश्रो साधारण सभा एवम् प्रथम अधिवेशन सम्पन्न भएको छ । वडा नं ७ वामीटक्सार स्थित दरबार होटलमा सम्पन्न अधिवेशनले बसन्त अधिकारीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा अनुप पाण्डे, उपाध्यक्षमा दिनेश सिंह ठकुरी, महिला उपाध्यक्षमा सपना रायमाझी, महासचिवमा बिष्णु प्रसाद आचार्य, सचिवमा आशिष के.सी., सहसचिवमा लोकनाथ सापकोटा, कोषाध्यक्षमा कमल बराल र सहकोषाध्यक्षमा करिष्मा अर्याल लगायत चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा लिलाधर भट्टराई, हुकुम थापा, सरिता पन्थ, सुचना महत र जगन्नाथ न्यौपाने रहनुभएको छ । वि.स.२०७९ साल फाल्गुण १७ गते मुसिकोट नगरपालिकामा दर्ता भई तदर्थ समिति मार्फत…
काठमाडौं । नेपाली जीवन बीमाको इतिहासमा कोसेढुंगा बनेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनी आजबाट ३७ औं वर्षमा प्रवेश गरेको छ । सरकारी बीमा कम्पनीले मात्रै जनताको बीमा हुन नसक्ने देखेर २०४४ साल फागुन १० गते स्थापना गरिएको नेशनल लाइफ इन्स्योरेन्सले आज ३७ औं बार्षिकोत्सव भव्य रुपमा मनाउँदैछ । आम सर्वसाधारणलाई घरदैलोमा नै जीवन बीमा सेवा दिने उद्देश्यले स्थापना भएको नेपालकै पहिलो निजि क्षेत्रका जीवन बीमा कम्पनीले ३७ बार्षिकोत्सवको अवसरमा बीमितलाई अधिकतम बोनस र लगानीकर्ताहरुलाई उच्चतम् प्रतिफल दिने प्रतिबद्धता जाहेर गरेको छ । बोनसदरको आधारमा सर्वोत्कृष्ट बोनस दिँदै आएको कम्पनीले आगामी दिनमा अझै सुधार गरेर बीमितलाई अधिकतम् लाभ दिने प्रतिबद्धता जनाएको छ…
मुसिकोट युवा क्लब र लुम्बिनी वामी हस्पिटल प्रा.लि. को संयुक्त आयोजनामा यहि फाल्गुण १२ गते शनिवार मधुमेह (सुगर) का बिरामीलाई निशुल्क चेकजाँच तथा डाक्टर परामर्श हुने भएको छ । समाज परिवर्तनका लागि युवा सशक्तीकरण भन्ने मुल उदेश्यका साथ अगाडि बढी रहेको मुसिकोट युवा क्लबको प्रथम अधिवेशन तथा दोस्रो साधारण सभाको अवसर पारेर क्लब र हस्पिटल मिलेर कार्यक्रम गर्न लागिएको हस्पिटलका व्यवस्थापक दिपेन्द्र ज्ञावलीले बताउनु भयो । मुसिकोट युवा क्लबको स्थापनाको अवसरमा १२ देखि १७ सम्म गरिने एक हप्ते कार्यक्रमको पहिलो दिन हामीले सुगर रोगीहरुलाई लक्षित गरि यो कार्यक्रम गर्न लागेका हौं हस्पिटलका व्यवस्थापक अहेव रोशन सेनले बताउनु भयो । मुसिकोट…
सुचना बिभाग दर्ता नं. २८६४/२०७८-०७९
अध्यक्ष : वसन्त अधिकारी
सम्पादक : सरिता पौडेल
रेसुङ्गा नगरपालिका -२ तम्घास, गुल्मी ।
९८५७०६४२५२
infochhadkenews@gmail.com