सुचना बिभाग दर्ता नं. २८६४/२०७८-०७९
अध्यक्ष : वसन्त अधिकारी
सम्पादक : सरिता पौडेल
रेसुङ्गा नगरपालिका -२ तम्घास, गुल्मी ।
९८५७०६४२५२
infochhadkenews@gmail.com
छड्के न्युज डट कम २०७८ असोज ८ गतेबाट छड्के मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । छड्के न्युजमा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई (infochhadkenews@gmail.com) मा मेल पठाउन वा ९८५७०६४२५२ फोन गर्न सक्नुहुने छ ।
बिष्णु प्रसाद आचार्य (चकित) गुल्मी: मुसिकोट युवा क्लब मुसिकोट गुल्मीले आफ्नो प्रथम अधिवेशन तथा दोस्रो साधारण सभा फाल्गुण १२ गते शनिवार मुसिकोट नगरपालिकाको केन्द्र वामी टक्सारमा गर्ने भएको छ । २०७९ फाल्गुण १२ गते औपचारिक दर्ता गरि “समाज पतिवर्तनका लागि युवा सशक्तीकरणका” भन्ने मुल उदेश्य लिएर सामाजिक काम गर्दै आईरहेको युवा क्लबले आफ्नो पहिलो अधिवेशन गर्न लागेको क्लबका उपाध्यक्ष सपना रायमाझीले बताउनु भयो । मुसिकोट युवा क्लबले मुसिकोटमा समाज सेवाको क्षेत्रमा अत्याधिक असल कार्यक्रमहरु गर्दै आईरहेकोले क्लबको अधिवेशनको अवसरमा फाल्गुण १२ गते शनिवार १ दिनका लुम्बिनी वामी अस्पताल प्रा.लि. मा मुसिकोटमा रहेका महुमेहका बिरामेलाई मधुमेह (सुगर) परिक्षण तथा डाक्टर परामर्श…
गुल्मी: वन वातावरणको संरक्षण गर्ने उद्देश्यले गुल्मीमा ‘वनसँग सेलिब्रेटी’ कार्यक्रम गरिएको छ । डिभिजन वन कार्यालय गुल्मीको आयोजनामा ‘वनसँग सेलीब्रेटी’अन्तर्गत विविध सांस्कृतिक तथा प्रवचन कार्यक्रम गरिएको हो । सेलिब्रेटीहरुका माध्यमबाट वन वातावरण संरक्षण सम्बन्धित जनचेतना फैलाउने उद्देश्य कार्यक्रमको रहेको छ । ‘वनसँग सेलिब्रेटी’ कार्यक्रममा नेपाली हांस्यव्यग्य क्षेत्रका कलाकार मनोज गजुरेल, गायक हरि खत्री, धार्मिक तथा आध्यात्मिक ओशोका आचार्य प्रवचक विवेक खत्री (विनयी) आचार्य, महेन्द्र भट्टराई वशिष्ट लगायतको वनसँगसम्बन्धी प्रस्तुति राखेका थिए । कलाकार मनोज गजुरेलले हांस्यव्यग्यका माध्यमबाट विभिन्न वन संरक्षण र वनको महत्व जस्ता विषयमा परिघटना बनाएर प्रस्तुती राखेका थिए । त्यस्तै लोक तथा दोहोरी गायक हरि खत्रीले गीतका माध्यमबाट…
नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी गुल्मीको बैठक सम्पन्न भएको छ। साेमवार जिल्लाकाे सदरमुकाम तम्घासमा जिल्ला कमिटी गुल्मीका अध्यक्ष श्रीराम महतको अध्यक्षतामा उक्त वैठक सम्पन्न भएको हो। पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश उप सचिव अब्दुल हुसेन खानकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। बैठकले आगामी राष्ट्रिय महाधिवेशन केन्द्रीत संगठन विस्तार तथा सुदृढीकरण अभियानबारे छलफल गरी विभिन्न निर्णय गरेकाे छ । पार्टी सदस्यता बिस्तार, बितरण, ननिकरण, पालिका कमिटी, वडा कमिटी, टोल कमिटी, पेशागत कमिटी र जनवर्गीय कमिटी अध्यावधि, गठन तथा पुनर्गठन गर्ने तथा जिल्ला कमिटी र माथिका कमिटीका नेताहरुलाइ आफ्नो भुगोलमा थप ब्यवस्थित रुपमा परिचालन र जिम्मेवार भएर लाग्ने समेत निर्णय भएको…
गुल्मी: गुल्मी घर भएका मुस्ताङका जिल्ला प्रहरी प्रमुख (डिएसपी) प्रहरी नायब उपरीक्षक भोजराज पाण्डे सहित गण्डकी प्रदेशका तीन जना प्रहरी अधिकृत उत्कृष्ट कार्य सम्पादन गरे बापत पुरस्कृत हुने भएका छन। गण्डकी प्रदेश सरकार स्थापना दिवस २०८० को अवसरमा विभिन्न विधामा उत्कृष्ट कार्यसम्पादन गर्ने व्यक्तिहरुलाई पुरस्कृत गर्ने क्रममा डिएसपी पाण्डेय सहित ३ जना प्रहरीलाई नगद पुरस्कारसहित सम्मान गरिने शुक्रबार निर्णय भएको हो। सुरक्षा निकाय अन्र्तगत गण्डकी प्रदेशले छैठौँ वर्ष पुरा गरी सातौ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आफ्नो स्थापना दिवसको अवसरमा पोखरामा आयोजित मुल समारोह समितिले जेठ १५ मा सम्मान गर्ने गरी मुस्ताङका प्रहरी प्रमुख पाण्डेयसहित पोखरा स्थित प्रहरी तालिम केन्द्रका समादेशक प्रबउ…
बुटवल : तेस्रो राष्ट्रिय विशाल लुम्बिनी लोक दोहोरी अवार्ड २०८० को फाइनल कार्यक्रम सम्पन्न भएको छ । गुल्मेली चर्चित माेडल कमल परियार ले गाेबिन्द पराजुली र सुनिता बुढाक्षेत्रीले गाउनु भएकाे मायाको मोहनी हासो गितमा माेड्लिङ गरेका थिए । परियारले तेस्रो राष्ट्रिय विशाल लुम्बिनी लोकदोहोरी अवार्ड २०८० बाट सर्वोत्कृष्ट म्युजिक भिडियो नव मोडल(पुरूष) ,मायाको ‘मोहनी’हासो नामक गीतबाट पहिलो चाेटी अवार्ड प्राप्त गर्न सफल भएका छन । स्वर्गीय कल्पना गैरे स्मृति फाउण्डेसनको सहयोगार्थ विशाल मुभिज प्रा.लि. अनामनगरद्धारा आयोजित तेस्रो राष्ट्रिय विशाल लुम्बिनी लोक दोहोरी अवार्ड २०८० को फाइनल कार्यक्रम तथा स्रष्टा सम्मान चलचित्र विकास बोर्डको सभाहलमा भव्यताका साथ सम्पन्न भएको कार्यक्रममा…
बिष्णु प्रसाद आचार्य (चकित), गुल्मी: गुणस्तरीय अङ्ग्रेजी माध्यम तथा अतिरिक्त क्रियाकलापमा आफ्नो छुट्टै पहिचान जमाउन सफल मुसिकोट-०३, ठुलापोखरामा अवस्थित बडागाउ ज्ञानकुन्ज ईङगलिस बोर्डिङ स्कुलले श्रीपन्चमीको अवसरमा भब्य शैक्षिक तथा सास्कृतिक कार्यक्रम गर्ने भएको छ । श्रीपन्चमीको अवसरमा सरस्वती पूजाको साथै कक्षा नर्सरी देखि एक सम्मको वार्षिक परिक्षाको परिक्षाफल प्रकाशन, एकल रेकर्ड डान्स प्रतियोगिता, विद्यार्थीले बनाएका शैक्षिक सामाग्री प्रर्दशन, शिक्षक अभिभावक मैत्रीपुर्ण कुर्चिदौड बच्चाले आफुले जानेका अन्तरनिहित प्रतिभा प्रर्दशन र कलाकारहरुको प्रस्तुति समेत राखिएको छ, कलाकाहरु लोक गायक कमल बराल लोक गायिका धनमाया राना लगाएत स्थानिय कलाकारहरुको प्रस्तुती रहने अतिरिक्त क्रियाकलाप संयोजक शिक्षक भिम कार्कीले बताउनु भयो । प्रतिभाको कदरका लागि…
गुल्मी: लगातार तिन वर्ष जित हासिल गरि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको रनिङ शिल्ड गुल्मी मुसिकोटले हात पार्न सफल भएको छ । आ.व. २०७८/०७९, ०७९/०८० र २०८०/०८१ को राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा लगातार उच्च अक हासिल गरि शिल्ड हात पार्न सफल भएको हो । यस वर्ष संचालित गुल्मी जिल्लाको १४औं राष्ट्रपती रनिङ शिल्ड प्रतियोगितामा १७ स्वर्ण, २० कास्य, २२ रजत सहित मुसिकोट नगरपालिका लगातार तेस्रो पटक प्रथम भै शिल्ड आफ्नो पक्षमा पार्न सफल भएको हो । यस अवसरमा मुसिकोट नगरपालिकाले खेलाडी र खेलाडी उत्पादन गर्ने विद्यालयलाई धन्यबाद समेत ब्यक्त गरेको छ भने खेलाडीलाई सम्मान गर्ने कार्यक्रम बनाईएको बताएको छ ।
गुल्मी: लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित विष्णु कुमारी सापकोटालाई मुसिकोट २/३ र ४ मा भब्य सम्मान गरिएको छ । माघ २५ र २७ गते मुसिकोट नगरपालिका २/३ र ४ मा छुट्टाछुट्टै कार्यक्रम गरि सम्मान गरिएको हो ।लुम्बिनी प्रदेश गाठबन्धनको तर्फबाट नेकपा माओबादी केन्द्रका झक्कु प्रसाद सुवेदी र नेपाली काङ्ग्रेसकी विष्णु कुमारी सापकोटा राष्ट्रिय सभा सदस्यमा विजयी भएका हुन । सापकोटा सानै उमेरदेखी खरो र स्पस्ट बोल्ने, जनताको भावना अनुसार कार्यक्रम अगाडि बढाउने र अनुशासित भएर राजनिती महिला नेतृत्वको रुपमा आफुलाई स्थापित गर्दै आउनुभएको छ । सापकोटा राजनीतिका क्रममा धेरै संर्घष गरेकी महिलाका रुपमा चिनिनुहुन्छ उहाँ नेपाली काङ्ग्रेसको भातृ संगठन…
गुल्मी: मुसिकोट नगरपालिका -०३, मैदान गोडा स्थायी घर भएका ज्ञान बहादुर नेपालीको छोरी रेखा नेपालीको माघ २१ गते आइतबार साझ भारतमा हत्या भएको छ । उत्तर भारत गुरूग्राम, ईन्द्र विकास कोलोनी सेक्टर ३० साउथ सिटी १ मा ज्ञान बहादुर नेपाली उनको श्रीमती आस्था, छोरी रेखा र एक छोरा डेरा गरि बस्दै आएका थिए । मुसिकोट २ अमराई घर भै हाल भारतमै नोकरी गर्दै आएको करिब ४५/४६ वर्षको राम बहादुर रामु उपनाम गाउँमा साईलो नामले परिचित ब्यक्तिले आईतवार साझ ८ बजेको समयमा रामुले आफ्नै कोठामा लगेर रेखाको बलत्कार पछि हत्या गरेर फरार भएको पिडितको आरोप छ । हत्या आरोपी रामु र…
सुचना बिभाग दर्ता नं. २८६४/२०७८-०७९
अध्यक्ष : वसन्त अधिकारी
सम्पादक : सरिता पौडेल
रेसुङ्गा नगरपालिका -२ तम्घास, गुल्मी ।
९८५७०६४२५२
infochhadkenews@gmail.com