सुचना बिभाग दर्ता नं. २८६४/२०७८-०७९
अध्यक्ष : वसन्त अधिकारी
सम्पादक : सरिता पौडेल
रेसुङ्गा नगरपालिका -२ तम्घास, गुल्मी ।
९८५७०६४२५२
infochhadkenews@gmail.com
छड्के न्युज डट कम २०७८ असोज ८ गतेबाट छड्के मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । छड्के न्युजमा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई (infochhadkenews@gmail.com) मा मेल पठाउन वा ९८५७०६४२५२ फोन गर्न सक्नुहुने छ ।
कोभिड –१९ को असर देखिनेबित्तिकै विद्यालय बन्द भएका छन् । विद्यालय बन्द भएसँगै दुर्गमका विद्यार्थीको पाठ्यपुस्तकसमेत झोलामै बन्द छन् । विद्यार्थी घरायसी काममा व्यस्त हुँदा पाठ्यपुस्तक राखेको झोलासँग अझैं भेटघाट हुन सकेको छैन् । बारेकोट गाउँपालिका–५ की रमिता सिंह अहिले बारेकोटकै पाटन क्षेत्रमा पशुचौपायको हेरालुका रूपमा दैनिक काम गरिरहनुभएको छ । उहाँलाई पढाइभन्दा पशुचौपायाको माया बढी लागिरहेको छ । हातमा मोबाइल लिएर दैनिक भिडियो हेर्दै पशुचौपायाको हेरालुको जिन्दगीबाट उहाँले मुक्ति पाउन सकेको छैन् । घरका अभिभावक जङ्गलमा पाइने विभिन्न जडीबुटी सङ्कलन गर्न व्यस्त छन् । भाइ, बहिनीलाई दैनिक खाना, पशुचौपायाको स्याहारदेखि गोठको सुरक्षासम्मका कामले उहाँको दिन बितिरहेको छ ।अभिभावक गोठमा…
छड्के न्युज गुल्मी \ गुल्मीमा ४३ दिनकी सुत्केरी आमाको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसीथोक रोतडीकी २८ वर्षीया सुत्केरी आमा शुसिला पोखरेल मरासिनीको मृत्यु भएको जैसिथोक स्वास्थ्य चौकीका अहेव जनक पोखरेलले जानकारी दिए । सोमवार साँझ टाउको र ढाड दुखेको बताउने सुशिलाको मङ्गलबार पौने १ बजे मृत्यु भएको अहेव पोखरेलले जानकारी दिए । सुशिलाको स्वास्थ्य अवस्था चेकजाँच गर्दा शरिरमा रगतको मात्रा केही कम देखिएको र ब्लड प्रेसर कम भएको अहेव पोखरेलले बताए । उनलाई सामान्य प्रकारको औषधी चलाइएको थियो । मङ्गलबार सुशिलाको स्वास्थ्य अवस्थामा थप समस्या आएपछि उपचारका लागि लैजाने तयारी हुदाहुदै एम्बुलेन्स नपुग्दै मृत्यु भएको…
छड्के न्युज \रमेश विश्वकर्मा जिल्ला प्रशासन कार्यालय गुल्मीले नयाँ कर्मचारीहरुलाई स्वागत गरेको छ । प्रशासन कार्यालयको कर्मचारीहरुको मासिक नियमित बैंठकमा प्रशासन कार्यालयको विभिन्न फाँटमा कार्यरत नयाँ कर्मचारीहरुलाई स्वागत गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् । विभिन्न कार्यालयहरुबाट सरुवा तथा पदस्थापन भई आएका कर्मचारीहरु प्रशासकीय अधिकृत ज्ञान कुमारी भुसाल, नायव सुब्बा प्रेमराज खनाल, खरिदार रणबहादुर थापा, ढालेन्द्र पुन, कम्प्युटर अपरेटरद्वय सन्देश अधिकारी र तारा भण्डारीलाई स्वागत गरिएको कार्यालयले जनाएको छ । प्रशासन कार्यालयले कर्मचारीको मनोबल उच्च राख्नको लागि मासिक रुपमा उत्कृष्ट कर्मचारीलाई सम्मान समेत गर्दै आएको छ । असार महिनाको उत्कृष्ट कर्मचारीको रुपमा छनोट भएका खरिदार रण बहादुर थापालाई…
छड्के न्युज ,बाग्लुङ । बागलुङमा कारोना संक्रमण दर ह्वातै बढ्दै गएपछि निषेधाज्ञालाई कडाई गरिएको छ । जिल्ला प्रशासन कार्यालय बागलु्ङमा आज बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डिसिएमसिको बैठकको निर्णय अनुसार साउन २८ गतेदेखि भदौं ५ गते सम्म कडाईका साथ निषेधाज्ञा गर्ने निर्णय गरेको निमित्त प्रमुख जिल्ला अधिकारी गणेश गौतमले जानकारी दिनुभएको छ ।बैठकले साउन २८ गते बिहान ५ बजेदेखि भदौ ५ गते राति १२ बजेसम्म जिल्लाभर निषेधाज्ञा थप कडाइका साथ लागू गर्ने निर्णय गरेको हो । निषेधाज्ञाको समयमा सरकारी र गैर सरकारी कार्यालयहरु,बैंक,सहकारी,विमा तथा वित्तिय संस्था, शैक्षिक संस्थाहरु र अतिआवश्यक बाहेकका सार्वजनिक तथा निजी यातायात बन्द गरिने भएको गौतमले…
छड्के न्युज \ कपिलवस्तु – कपिलवस्तु जिल्लाकी शुभावती थारु घर निर्माणका काममा व्यस्त हुनुहुन्छ । काम नगरे छाक टार्न धौधौ पर्ने भएकाले उहाँ दैनिक पर्खाल लगाउने र प्लाष्टर गर्ने काम गर्नुहुन्छ । सोह्र वर्षदेखि सिमेन्ट, बालुवा, छड र गिट्टीसँगै खेल्ने थारुलाई बानी परेको छ । थारु अहिले निर्माण क्षेत्रमा घर बनाउने दक्ष मिस्त्री भइसक्नुभएको छ । पुरुष मिस्त्रीसरह काम गरे पनि ज्यालामा विभेद हुने गरेको थारुको गुनासो छ । “शुरुमा काम गर्दा पुरुष मिस्त्री मात्रै थिए । अहिले उनीहरुजत्तिकै काम गर्छु तर ज्याला कम पाउँछु,” थारु भन्नुहुन्छ, “पुरुष भएकै कारण सँगै काम गर्नेले रु ८ सयदेखि ८ सय ५० सम्म…
बुटवल–पाल्पा सडक खण्डको दोभान स्थित हेडबक्स नजिकबाट स्कार्पियो तिनाउ नदीमा खसेको छ। सिद्धार्थ राजमार्गको तिनाउ गाँउपालिका ३ दोभान हेडबक्सनजिकबाट स्कार्पियो तिनाउ नदीमा खस्दा ४ जना घाइते भएका छन्।पाल्पाबाट बुटवलतर्फ आइरहेको बा १८ च ७३३६ नम्बरको स्कार्पियो तिनाउमा खसेको दोभान प्रहरीले जनाएको छ। सडकमा गुडिरहेको बोलेरोलाई माथिबाट खसेको पहिरो सहितको ढुंगाले लाग्दा खोलामा खसेको प्रहरीले जनाएको छ।दुर्घटनामा परि तिनाउ ३ झुम्साका ५४ बर्षिय बाबुराम पाण्डेय, २२ बर्षिय बिनोद पाण्डेय, १८ बर्षिय अमित बस्याल र ४२ बर्षिय गंगा दराइ घाइते छन्। उनीहरु मध्ये बाबुराम पाण्डेयको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइते चारै जनाको बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।स्रोत…
बुटवल –लुम्बिनी बाणिज्य क्याम्पसमा प्रशासनिक भवनमा तोडफोड गरेका छन । मंगलबार बिहान सत्तापक्षीय विद्यार्थी संगठनले तोडफोड गरेका हुन । नेपाल विद्यार्थी संघ(नेविसंघ),अखिल (क्रान्तिकारी), अखिल(छैठौं)र अखिल(क्रान्तिकारी)सम्बद्ध विद्यार्थीहरुले क्याम्पसको प्रशासनिक भवनमा तोडफोड गरेका छन ।तोडफोडपछि विद्यार्थी संगठनले निकालेको संयुक्त विज्ञप्तिमा एमबीएसको प्रवेश परीक्षा तथा भर्ना कार्यक्रम अगाडि नबढाई ‘अटोनोमस’तर्फका एमबीएस(एफ र एमबिए(बीएफको प्रवेश परीक्षा फारम खुलाएका कारण क्याम्पस प्रशासनमा तोडफोड भएको बताइएको छ । विज्ञप्तीमा भनिएको छ(“लुम्बिनी वाणिज्य क्याम्पसले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको एमबीएस र बीबीएस हटाउने निर्णयविरुद्ध संयुक्त विद्यार्थी संगठन आन्दोलनरत थियो । तर त्यसलाई बेवास्ता गर्दै अटोनोमस अन्तर्गतका एमबीएस(एफ र एमबीए(बीएफको प्रवेश परीक्षा फारम खुलाएर हाम्रो अवज्ञा गरेको हुँदा विद्यार्थीहरुद्वारा क्याम्पस प्रशासनमा…
मनपर्ने टेलिभिजन कार्यक्रम छुट्योरु या त मध्यरातमा सुरु हुने प्रिमियर लिगका खेल या होस् केहि लाइभ कार्यक्रम जुन हेर्ने मन भएपनि विभिन्न कारणले हेर्न छुटाइरहनु भएको छ हे अब त्यसो हो भने तपाईको चिन्ता रहेन अब, यस्तै कुराको एउटै समाधान छ युट्युब। हलिउडको मुभी सिरिज ‘डक्टर स्ट्रेंज’को ट्रेलर होस् वा नेपाली ‘छक्का पन्जा’ संसार भर चाहेको बेलामा हेर्न पाइन्छ। युट्युब सर्च इन्जिन जाइन्ट कम्पनी गुगलको भिडियो स्ट्रिमिंग सर्भिस हो भन्ने कुरा त धेरैलाई थाहा छ तर, यसैका केही रोचक तथ्य छन् जुन तपाइलाई थाहा नभएको हुनसक्छ। आउनुहोस् जानौँ। गुगलको आफ्नै उत्पादन थिएन पैसा आदानप्रदान गर्न सकिने परिचित पेमेन्ट गेटवे पेपलमा…
२६ साउन, काठमाडौं । सर्जियो बुस्केट बार्सिलोनाको नयाँ कप्तान बनेका छन् । लिओनल मेस्सीको बहिर्गमनपछि स्पानिस क्लब बार्सिलोनाले बुस्केटलाई नयाँ कप्तान नियुक्त गरेको हो । २०२१र२२ को सिजनका लागि अब बुस्केटले मेस्सीको स्थान लिनेछन् । मेस्सीले २१ वर्षपछि बार्सिलोना छाडेका हुन् । ला लिगाको आर्थिक नियमका कारण बार्सिलोनाले मेस्सीलाई क्लबमै राख्न असफल भएको हो ।आन्द्रे इनेस्टाले क्लब छाडेपछि मेस्सीले सन् २०१८र१९ को सिजन देखि बार्सिलोनाको कप्तानी सम्हालेका थिए । मेस्सीको कप्तानीमा बार्सिलोनाले एक ला लिगा र एक कोपा डेल रे जितेको थियो ।३३ वर्षीय बुस्केट पहिलो पटक बार्सिलोनाको कप्तान बनेका हुन् । मेस्सी कप्तान हुँदा उनी उपकप्तान थिए । मेस्सीभन्दा…
सुचना बिभाग दर्ता नं. २८६४/२०७८-०७९
अध्यक्ष : वसन्त अधिकारी
सम्पादक : सरिता पौडेल
रेसुङ्गा नगरपालिका -२ तम्घास, गुल्मी ।
९८५७०६४२५२
infochhadkenews@gmail.com