वीरेन्द्र गिरी, भालुवाङ \छड्के न्युज । पुर्व पश्चिम राजमार्ग अन्तरगत दाङ देउखुरीको लमही भालुवाङ सडक खण्डमा परेको खाल्डाखुल्डीको दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूवाङ्ग सहितको टोलीले स्थलगत अनुगमन गरेको छ ।सडकको खाल्डाखुल्डी र पोखरीमा परिणत शिर्षकमा विभिन्न सञ्चारमाध्यमहरूले समाचार प्रकाशन, प्रसारण गरेको २४ घण्टा नबित्दै प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूवाङ्ग, सडक डिभिजन कार्यालय दाङका प्रमुख निरज शाक्य, राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी, उपाध्यक्ष जगदम्बाकुमारी चौधरी, १ नम्बर वडाध्यक्ष ताराबहादुर डिसी, प्रमुख प्रशासकीय शोभाराम रिजाल र सञ्चारकर्मी सहितको टोलीले स्थलगत अनुगमन गरेको हो । अनुगमन पछि प्रमुख जिल्ला अधिकारी कुरूवाङले सोमवारबाट नै सिसहनियाँ देखि भालुवाङ सम्मको सडकमा परेका सम्पूणर् खाल्डाहरू पुर्ने…
Read More