सुचना बिभाग दर्ता नं. २८६४/२०७८-०७९
अध्यक्ष : वसन्त अधिकारी
सम्पादक : सरिता पौडेल
रेसुङ्गा नगरपालिका -२ तम्घास, गुल्मी ।
९८५७०६४२५२
infochhadkenews@gmail.com
छड्के न्युज डट कम २०७८ असोज ८ गतेबाट छड्के मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । छड्के न्युजमा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई (infochhadkenews@gmail.com) मा मेल पठाउन वा ९८५७०६४२५२ फोन गर्न सक्नुहुने छ ।
गुल्मी: मुसिकोट नगरपालिक-३, गुल्मीले उपहार सहित घर घरमा गएर जेष्ट नागरिक सम्मान गरेको छ । वडाको जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्त्रर्गत वडामा रहेका ८० वर्ष भन्दा माथिका २० जना जेष्ठ नागरिकलाई घरमै गएर थर्मस, फलफुल तथा मायाको चिनोले सम्मान गरिएको मुसिकोट वडा न ३ का वडा अध्यक्ष शंकर बहादुर रायमाझीले बताउनु भयो । विगतका वर्षमा वडा कार्यालयमा जेष्ठ नागरिकलाई बोलाएर सम्मान गर्ने गरिएको तर वृद्ध आमाबुबालाई सास्ती भएकोले यो वर्ष घरमै गएर सम्मान गर्ने कार्यक्रम बनाईएको वडा सदस्य थम्मन बहादुर घिमिरेले बताउनु भयो । “वृद्ध आमाबुवाको त्यो माया सत्कार र सुझावले काममा थप हौसला बढेको हरेक नागरिकको घरमा पुग्दा आफुलाई…
नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य टोपेन्द्र केसी लगायत विभिन्न पार्टी परित्याग गरेर एक हजार तीन सय जना नेता कार्यकर्ताहरु नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन्। शुक्रबार दाङ क्षेत्र नम्बर १ स्तरीय कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा एक हजार तीन सयभन्दा धेरै नेता कार्यकर्ताहरुले एकीकृत समाजवादी रोजेका हुन । केन्द्रीय प्रचार विभाग सदस्य सूर्य विसीका अनुसार पार्टी अध्यक्ष माधवकुमार नेपालले नव प्रवेशी नेताहरूलाई पार्टीमा स्वागत गर्नु भएको हो। पूर्वमन्त्री एवं लुम्बिनी प्रदेशका सहइन्चार्ज मेटमणी चौधरीको निर्वाचन क्षेत्रसमेत रहेको लमहीमा हजारौंको संख्याको उपस्थिति रहेको थियो। कलम न्युज
मालिका युवा क्लबको आयोजनामा मुसिकोटमा भाटी मेला तथा विविध कार्यक्रम हुने भएको छ । माघ २८ गतेबाट शुरु हुने मेला १ हप्ता चल्ने मेलामा खेलकुद देखि सास्कृतिक र मुसिकोटका विभिन्न कला समेत प्रस्तुत गरिने आयोजकले बताएको छ । मेलामा मुख्य आकर्षणको रुपमा बडिघाटमा Rafting गर्न पाइनेछ भने झुला तथा साङितिक कार्यक्रम तथा अन्य खेल मनोरन्जल लिन पाईने मालिका युवा क्लबका अध्यक्ष राजेस रायमाझीले बताउनु भयो । मेलामा खुल्ला भलिबल प्रतियोगिता, कबड्डी प्रतियोगिता, स्लो बाईक रेस प्रतियोगिता, नृत्य आईडल, खुल्ला एकल नृत्य प्रतियोगिता, बेलुन डान्स, कुर्सी दौड लगाएत कार्यक्रम गरिनेछ । कार्यक्रममा मुख्य कलाकारको रुपमा गायिका एलिना चौहान र श्याम रानालाई…
गुल्मीको मुसिकोट नगरपालिका-४, गजुङ्गा निवासी बल बहादुर पुन र सावित्रा पुनका २१ बर्षिय छोरा भलिवल खेलाडी सचिन पुन मुटु सम्बन्धी रोगले थलिएर गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा उपचाररत छन् उनको उपचारको लागि जापानबाट अभियन्ता दीपक कुवर मगरको अगुवाईमा करिब २ लाख रकम संकलन भएको छ । चिकित्सकको रिपोर्ट अनुसार उनको मुटुको अपरेसन गर्नुपर्ने भएको छ तर कमजोर आर्थिक अवस्थाका कारण उपचार रोकिने अवस्था भएकोले दिपक कुँवर मगर को पहलमा जापानमा सहयोग संकलन अभियान सञ्चालन गरेर आर्थिक सहयोगको आग्रह गरिएको थियो । ‘सचिन पुन बचाऔँ अभियान’ मार्फत संकलित जापानिज ऐन (२०२६०१) नेपाली रकम ने.रु १७९३२२/- मुसिकोट नगरपालिका-४ का वडाध्यक्ष श्री जुक्त बहादुर…
गुल्मी: लुम्बिनी प्रदेशमा माघ २१ गते आइतबार सार्वजनिक बिदाको घोषण भएको छ । प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते प्रदेशमा सार्वजनिक बिदाको घोषणा भएको हो । प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा कार्यक्रम गरी दिवस मनाउने प्रदेश सरकारको तयारी छ । २०७४ माघ २१ गते लुम्बिनी प्रदेश सभाको पहिलो बैठक बसेको थियो । सोही दिन प्रदेशमा स्थापना दिवस मनाउने गरिएको छ ।
मुसिकोट नगरपालिकामा स्थापित कृष्णहरी रुद्रावती आँखा उपचार केन्द्रले मुसिकोटका सबै वडामा आँखा शिविर संचालन गर्ने अभियान शुरु गरेको छ । मुसिकोटका विभिन्न विद्यालयका बिद्यार्थीका निशुल्क आँखा चेकजाँच गरि थकाई पूरा नहुदै पुन वडा वडामा आँखा शिविरको अभियान संचालन गरेको छ ।
गुल्मी: जिल्ला प्रशासन कार्यालय गुल्मीले तम्घासमा सञ्चालित दुई आयुर्वेद औषधि पसल सिल गरेको छ। कानुनविपरीत रमेश अधिकारीले सञ्चालन गरेको सम्पन्न आयुर्वेद औषधि पसल र उनकी श्रीमती कमला पाण्डेयले सञ्चालन गरेको सफल होमियोप्याथिक औषधि पसल सिल गरिएको हो। स्थानीयस्तरबाट प्रशासनमा व्यापक जनगुनासो आएपछि प्रशासकीय अधिकृत नारायण घर्ती नेतृत्वको टोलीले दुई पसलहरूको छानबिन गरेको थियो। अनुगमन टोलीका अनुसार दुई पसललाई आयोर्वेद तथा होमियोप्याथिक औषधिको खुद्रा बिक्री-वितरण गर्ने अनुमति मात्रै छ। तर, अनुमतिविना एलोपेथिक औषधिहरूसमेत बिक्री-वितरण गरेको, एक्स–रे तथा भिडियो एक्स–रे सेवा, फिजियोथेरापी र नेबुलाइजर सेवा पनि प्रवाह गरेको पाइएको छ। साथै, भर्ना गरेर स्लाइन चढाउने तथा चिकित्सकको परामर्शविना ल्याब र रेफर गर्ने…
गुल्मी: लुम्बिनी वामी हस्पिटल प्रा.लि. ( प्रवास शाखा) नयाँ ब्यबस्थापनका साथ अगाडी बढेको छ । २०७५ साल बैशाख महिनामा लुम्बिनी प्रवास हस्पिटलको रुपमा मुसिकोट नगरपालिकाको वामी टक्सारमा स्थापना भएको हस्पिटल मुसिकोट तथा बाग्लुङको बडिघाट, हटिया लगाएतका बिरामीहरुको साझा गन्तब्य स्थान बन्न पुगेको छ । चौबिसै घण्टा ईमरजेन्सी सेवा संचालन गरेको हस्पिटलमा एक्सरे, भिडियो एक्सरे, एसिजी, ल्याबका सम्पुर्ण चेकजाँच तथा फार्मेसी सेवा उपलब्ध गराउदै आइरहेको नयाँ ब्यबस्थापनमा खटिनुभएका ब्यबस्थापक दीपेन्द्र ज्ञवालीले बताउनु भयो । एमबिबिएस डाक्टरबाट चेकजाँच, सफल उपचार तथा उचित सल्लाह दिईने मुसिकोटको एक मात्र हस्पिटल लुम्बिनी वामी हस्पिटल प्रा.लि. मा बिरामीको आर्थिक अबस्था हेरेर विभिन्न चेकजाँचमा छुट समेत गरिएको…
गुल्मी: केही समय अघीसम्म बुटवल लाईसेन्स कार्यालयमा केही मान्छेहरुको निकै रजगज चल्थ्यो, पैसा बुझाउन सक्नेहरुको लाईसेन्स घरमै आउथ्यो भने हाकिमहरुको सरुवा पिउनहरुको निर्णयमा भर रह्न्थ्यो । तर समय सधै उस्तै हुदैन, पाप धुरीबाट कराउछ नै । पैसाको चलखेलमा ट्राफिक प्रहरी, कर्मचारी र केही बिचौलिया मिलेरपरीक्षा पास नगरेकालाई बिचौलियाको माध्यमबाट सवारीचालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) वितरण गरिएको अवधिमा यातायात व्यवस्था विभागका कर्मचारीको खातामा अस्वाभाविक रकम देखिएको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान थालेको छ । तत्कालिन कार्यालय प्रमुख उपसचिव केशव अर्यालको खातामा कम्प्युटर अपरेटर लक्ष्मण पाण्डेले जम्मा गरेको अढाई करोड रुपैयाँको स्रोतबारे विभागले अनुसन्धान सुरु गरेको बारे नागरिकमा खबर छ । बुटवल…
सुचना बिभाग दर्ता नं. २८६४/२०७८-०७९
अध्यक्ष : वसन्त अधिकारी
सम्पादक : सरिता पौडेल
रेसुङ्गा नगरपालिका -२ तम्घास, गुल्मी ।
९८५७०६४२५२
infochhadkenews@gmail.com