सुचना बिभाग दर्ता नं. २८६४/२०७८-०७९
अध्यक्ष : वसन्त अधिकारी
सम्पादक : सरिता पौडेल
रेसुङ्गा नगरपालिका -२ तम्घास, गुल्मी ।
९८५७०६४२५२
infochhadkenews@gmail.com
छड्के न्युज डट कम २०७८ असोज ८ गतेबाट छड्के मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । छड्के न्युजमा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई (infochhadkenews@gmail.com) मा मेल पठाउन वा ९८५७०६४२५२ फोन गर्न सक्नुहुने छ ।
गुल्मी जिल्ला मुसिकोट नगरपालिका ४ मा रहेको मुसिकोट माध्यामिक विद्यालयमा उपभोक्ता हकहित समन्धि सचेतना कार्यक्रम गरिएको सम्पन्न गरिएको छ । लुम्बिनी प्रदेश उद्योग बाणिज्य तथा उपभोक्ता संरक्षण निर्देशनालय सिद्धार्थनगर रुपन्देहीको आयोजनामा १ दिने सचेतना समन्धि कार्यक्रम संचालन गरिएको हो । उक्त विद्यालयका ७५ भन्दा बढी विद्यार्थीहरुलाई उपभोक्ता हक अधिकार, उपभोक्ता संरक्षण ऐनमा भएका व्यवस्थाहरु, उत्पादकका दायित्वका विषयमा गराइएको निर्देशनालयका निर्देशक अर्जुन बहादुर थापाले बताउनुभयो । कारोवारस्थलमा साईनवोर्ड, मूल्यसुची ख्याल गर्नुपर्ने, उत्पादन मिति र उपभोग्य मिति हेरेर मात्र समान खरिद गर्नुपर्ने जस्ता विषयमा विद्यार्थीहरुलाई सिकाउदा समाजमा राम्रो प्रभाव पर्ने हुँदा विद्यार्थीहरुलाई सचेतना गराइएको थापाको भनाई छ ।उहाँले अनुगमन भन्दा पनि उपभोक्ता सचेतना…
गुल्मी- पछिल्लो समयमा सर्वाधिक रुचाइएकी गायिका एलिना चौहान र गायक खेम सेन्चुरीको आवाजमा रहेको ‘कट्टा हान्दिन्छु….’ रिलिज भएको छ । सोमबार ओबी रायमाझी नामक अफिसियल युटुब च्यानल मार्फत सोमबार रिलिज गरिएको हो । नेत्र अर्यालको शब्दलाई टपक्क टिपेर गायक खेम सेन्चुरीले गीतमा लय भरेका छन् भने संगीत संयोजन एच बि एन किस्मत ले गरेका हुन्। गुल्मी मुसिकोटका ओबि रायमाझी इन्टरटेन्टमेन्टको ब्यानरमा तयार पारिएको भिडिओमा रामजी लामिछानेको कोरियोग्राफर तथा निर्देशन रहेको छ । निर्माता प्रकाश भण्डारीको लगानीमा तयार पारिएको भिडिओमा मोडल ओबी रायमाझी र आश्मा बिस्वकर्माको दमदार नृत्य देख्न सकिन्छ । केहि समय अगाडी आएको ‘रम रम मरौटि…’ नामक गीत सर्भाधिक रुचाइएपछी ओबी…
गुल्मी। राष्ट्रिय आविष्कार केन्द्रका संचालक तथा सच्चा बैज्ञानिक महाविर पुनलाइ आज मुसिकोटमा स्वागत गरिएको छ । आफ्नो पुस्तक बेच्दै पश्चिमी भेग बाग्लुङको हटिया, खर्वाङ हुदै बुर्तिबाङको रुट बनाएर हिडेका पुनलाइ मुसिकोटमा सक्रिय मिडिया युनिक खवर, छ्ड्के मिडिया र नवखवरको पहलमा गुल्मीको मुसिकोटमा ल्याइ भब्य स्वागतको साथै सहयोग गरिएको हो । “हिजो मात्र हटिया हुँदै बुर्तिबाङ सम्मको रुटमा आउने थाहा भएपछी उहाँलाई सम्पर्क गरि विषेश अनुरोधमा मुसिकोटमा ल्याउन सफल भएको युनिक खवर डट. कम. का सम्पादक राम कृष्ण कंडेलले बताउनु भयो । “हामीले महाविर पुन सङ सम्प्रक गरिसकेपछी नगरपालिकाको टिम र स्थानिय समाजसेवी तथा शिक्षाप्रेमी ब्यक्तित्वसङ समन्वय गरि पुस्तक खरिद तथा…
गुल्मी/ पछिल्लो समयमा मुसिकोटमा क्लबहरुले खेलकुद, जनस्वास्थ्य तथा संस्कृती जोगाउने कार्यमा सक्रिय हुँदै गैरहेका छन । मुसिकोट नगरपालिकाको समग्र क्लब मुसिकोट युवा क्लबको सक्रिय अभियान सङै यहाँका अन्य क्लबहरु पनि साथमा साथ दिदै विभिन्न अभियानमा अग्रसर भएको मुसिकोट युवा क्लबका महासचिव बिष्णु प्रसाद आचार्य “चकित” ले बताउनु भयो । ” मुसिकोटको शान जनसेवाको योगदान, खेलकुद तथा संस्कृती जोगाउने हाम्रो अभियान” भन्ने मुल नाराका साथ मुसिकोट ४ दाहाचौरमा अवस्थित शिवशक्ती युवा क्लबले यहि माघ ३ देखि ६ सम्म खुल्ला पालिका वडा स्तरीय पुरुष भलिवल तथा विविध सास्कृतिक कार्यक्रमको विवरण सार्वजनिक गरेको छ । भलिवल तर्फ प्रथम पुरस्कार रु ५५, ५५५ मेडल…
गुल्मी/ मगरहरुको विशेष पर्वको रुपमा मनाईने माघे सक्रातिको अवसरमा मनाइदै आइरहेको माघि मेला यस वर्ष पनि गुल्मी ईश्माको छल्दीमा मनाइने भएको छ । ईस्मा गाउँपालिका-२, मा अवस्थित सुन्दर र रमणीय स्थल छल्दी फाटमा हुने महोत्सवमा भलिवल, विभिन्न स्थानिय झाँकी, ताल्तुङे चर्चित भैलो, रेकर्ड डान्स तथा चर्चित लोक तथा दोहोरी गायिका सम्झना रणपाल, कलाकार हरी खत्री लगाएतको अन्य कलाकारहरुको वेजोड प्रस्तुती रहने कार्यक्रम संयोजक तथा अध्यक्ष टामलाल के.सी. ले बताउनु भयो । शिवालय मन्दिर ब्यबस्थापन समितिको आयोजनामा आयोजित कार्यक्रममा पुरुष भलिवल तर्फ प्रथम पुरस्कार रु ३०,०००/- मेडल र प्रमाणपत्र र द्दितिय पुरस्कार रु २०,०००/- मेडल र प्रमाणपत्र रहेको खेल संयोजक कृष्ण…
गुल्मी/ अखिल नेपाल महिला संघ मुसिकोटको दोस्रो अधिवेशन आज मुसिकोटको वामी टक्सारमा सम्पन्न भएको छ । नेकपा एमालेमा आस्थावान महिलाहरुको भेलाले आज साबित्रा विष्ट घिमिरेको अध्यक्षतामा ४१ सदस्यीय अनेम संघ मुसिकोट गठन गरेको छ जसको उपाध्यक्षमा बाल कुमारी राकसकोटी, सचिब सम्झना खत्री, उपसचिव समीक्षा सिंह ठकुरी, कोषाध्यक्ष ईश्वरा गिरी चयन हुनु भएको छ । प्रमुख वक्ताको रुपमा बोल्दै नेकपा एमालेका केन्द्रिय सदस्य गणेश खनालले महिलाको सक्षम नेतृत्वले मात्र मुलुकलाइ सहि दिशामा लैजाने निश्चित देखिएकोले हरेक घर घरबाट महिला अग्रसर हुनु पर्नेमा जोड दिनुभयो साथै एमालेको मार्ग दर्शन सिद्धान्तमा टेकेर इमान्दारीतापुर्वक जनताको हरेक अप्ठ्यारोमा उभिन अनेम संघमा आवद्ध महिलाहरुलाइ अनुरोध समेत…
गुल्मी / मुसिकोट युवा क्लबले मुसिकोट- ४, हलोगाडेमा संचालन गरेको हाट बजार थप ब्यवस्थित हुँदै गएको छ । हरेक महिनाको अन्तिम शुक्रवार जस्तै यो महिनाको अन्तिम शुक्रवार २७ गते नौमति बाजाको साथै अन्य सास्कृतिक कार्यक्रम प्रस्तुती सहित हाट बजार संचालन गरिने क्लबका सह कोषाध्यक्ष निसान सारु मगर “बिष्णु ” ले बताउनु भयो । स्थानिय उत्पादनलाई बजारीकरण गर्ने उदेश्यले गत असोज २६ गतेदेखी संचालनमा आएको हाटबजार थप ब्यवस्थित गर्न लागिएको हाटबजार संयोजन तथा मुसिकोट युवा क्लबका उपाध्यक्ष दिनेश सिंह ठकुरीले बताउनु भयो । हरेक महिनाको अन्तिम शुक्रबार हाट बजार गर्दै आईरहेको र सुरुका दिनमा भन्दा अहिले स्थानीय किसानहरुले आफुले उत्पादन गरेका…
२३ पुस, संयुक्त राज्य अमेरिका । आधा शताब्दीभन्दा बढी समयपछि चन्द्रमामा अवतरण गर्ने प्रयास गर्ने पहिलो अमेरिकी अन्तरिक्ष यान सोमबार बिहान सफलतापूर्वक प्रक्षेपण गरिएको छ । नयाँ रकेट युनाइटेड लन्च एलायन्स ९यूएलए० को भुल्कान सेन्टौरले फ्लोरिडाको केप क्यानाभेरल स्पेस फोर्स स्टेसनबाट स्थानीय समय अनुसार बिहान २ः१८ बजे एस्ट्रोबोटिकको पेरेग्रिन लुनार ल्याण्डरलाई लिएर आफ्नो पहिलो यात्राको लागि उडेको हो । करिब ४८ मिनेटपछि बिना कुनै समस्या रकेटबाट ल्यान्डर अलग भएपछि मिसन कन्ट्रोलका कर्मचारीले ताली बजाएर खुसीयाली मनाएका थिए । यूएलएका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत टोनी ब्रुनोले नासाको प्रत्यक्ष प्रसारणमा प्रक्षेपणको प्रशंसा गर्नुभयो । उनले भने, “म निकै रोमाञ्चित छु ।…
अनिल खत्री, गुल्मी । गुल्मी जिल्लाको नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा कृष्णप्रसाद शर्माले जिम्मेवारी पाएका छन् । सोमबारदेखि गुल्मी जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा आएका शर्माले मंगलवार जिल्ला स्थित राजनितिक दल, सञ्चारकर्मीहरुसँग जिल्लाको समग्र जानकारी तथा सुझावहरु लिएका थिए । यस अघिका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसी उमेरहदका कारण अनिवार्य अवकाश भएपछि पुस १९ गते नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा शर्माले गुल्मीको जिम्मेवारी पाएका हुन् । भेटघाटमा पत्रकारले जिल्लामा बजार अनुगमन चाडपर्वमा मात्रै सिमित भएकाले त्यसलाई निरन्तर गरिरहनु पर्ने सुल्झाएका थिए । त्यस्तै विकास निर्माणका कामहरुमा अत्यन्तै ढिलासुस्ती भएकाले प्रशासनले त्यसतर्फ पनि चासो दिनुपर्नेमा पत्रकारहरुको सुझाव थियो । प्रमुख जिल्ला…
गुल्मी/ साविक पौदी अमराई तथा हाल मुसिकोट नगरपालिका १ पौदी अमराईमा रहेको छ्त्रभुमी इङलिस बोर्डिङ स्कुलले भब्य कार्यक्रमका साथ आफ्नो पन्ध्रौं वार्षिकोत्सब यहि पौष २९ गते आइतवार गर्ने भएको छ । आधारभुत कक्षा संचालित उक्त स्कुल शिक्षण सिकाई क्रियाकलापका साथै अतिरिक्त क्रियाकलापमा पनि अब्बल मानिदै आएको छ । नेशनल प्याब्सनमा आवद्ध उक्त विद्यालय गत वर्ष नेशनल प्याब्सन गुल्मीले आयोजना गरेको गणित सीप टेस्ट प्रतियोगिता र चित्रकला प्रतियोगितामा प्रथम स्थान हासिल गरेको संस्थाका प्रध्यानध्यापक राजेस हमालले बताउनु भयो । कुनै पनि सार्वजनिक बिदामा बन्द नहुने मुसिकोटका दुई निजि विद्यालय मध्ये बडागाउ ज्ञानकुन्ज इङलिस स्कुल, मुसिकोट ३ गुल्मी र छ्त्रभुमी बोर्डिङ स्कुल…
सुचना बिभाग दर्ता नं. २८६४/२०७८-०७९
अध्यक्ष : वसन्त अधिकारी
सम्पादक : सरिता पौडेल
रेसुङ्गा नगरपालिका -२ तम्घास, गुल्मी ।
९८५७०६४२५२
infochhadkenews@gmail.com