सुचना बिभाग दर्ता नं. २८६४/२०७८-०७९
अध्यक्ष तथा संचालक : मनोज कार्की
सम्पादक : मदन भण्डारी
व्यावस्थापक : भगवती लम्साल
रेसुङ्गा नगरपालिका -२ तम्घास, गुल्मी ।
९८५७०६७७३८
infochhadkenews@gmail.com
छड्के न्युज डट कम २०७८ असोज ८ गतेबाट छड्के मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । छड्के न्युजमा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई (infochhadkenews@gmail.com) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।
काठमाडौ – उच्च अदालतले जिल्ला अदालतको फैसला उल्टाएसँगै विगत सात महिनादेखि हिरासतमा रहेका लालबहादुर बिक रिहा हुने भएका छन् । इजाजतबिना बैंक तथा वित्तीय कारोबार र ठगी गरेको आरोपमा जेल परेका बिकलाई उच्च अदालत विराटनगरले सफाइ दिएको हो । ठगी तथा बैंकिङ कसुर मुद्दामा उच्च अदालत विराटनगरले लालबहादुर बिकलाई निर्दोष ठहर गरेको छ । मुद्दामा दोषी ठहर्याएउने सुनसरी जिल्ला अदालतको आदेशलाई उल्ट्याउँदै विश्वकर्मालाई उच्च अदालत विराटनगरले सफाइ दिएको हो । उच्च अदालतका न्यायाधीशद्वय विपुल न्यौपाने र मिलनकुमार राईको इजलासले मुद्दा सुरु भएको सुनसरी जिल्ला अदालतको आदेश उल्टि गरेको हो । तरहरास्थित सिंहदेवी ज्वेलर्सका मालिक दीपक परियारको आदेशअनुसार मजदुरको रूपमा काम…
भैरहवा- प्राईम कमर्सियल बैंक लिमिटेड भैरहवा शाखाले भैरहवा स्थित रणअम्बिका आखाँ अस्पताललाई वाल ट्रान्सर्फर सहयोग गरेको छ । बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत रु. तीन लाख अठार हजार बराबरको ६ थान वाल ट्रान्सफर्मर प्रदान गरेको बैकका बेथरी शाखा प्रमुख लोकमणि भट्टराईले जानकारी दिए । कार्यक्रममा अस्पतालका अध्यक्ष सागरप्रताप राणालाई बैकका लुम्बिनी प्रदेश प्रमुख कुस सुदन सिंहले सो सामान हस्तान्तरण गरेका थिए ।कार्यक्रममा भैरहवा शाखा प्रबन्धक बाबुराम अर्याल, अस्पतालका मेसु मेडिकल डाइरेक्टर डा. ज्ञानेन्द्र लामिछाने, वित्त शाखा प्रमुख भेष बिक्रम थापा लगायतले बोलेका थिए । सागरप्रताप राणाको अध्यक्षता, भेष विक्रम थापाको सञ्चालनमा सम्पन्न कार्यक्रममा डा. शुसिला पटेल, डा. कविन्द्र बज्राचार्य, अस्पतालका विभागिय…
बागलुङ – प्रहरी वरिष्ठ नायब निरीक्षक उज्ज्वल पौडेलको कुटपिटपछि हत्या गरेको खुलेको छ । बागलुङको बडिगाड गाउँपालिका–६ स्थित आशा होटल एण्ड खाजा घरमा सोमबार राति मृत भेटिएका पौडेलको हत्या होटल सञ्चालक आशा कुँवर र उनका छोरा विनोद कुँवरले गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । सामान्य विवादको क्रममा होटल सञ्चालक कुँवरका आमा छोराले पौडेलको टाउकोमा मुक्का प्रहार गरी छातीमा लात्तीले हानेर बेहोस भएपछि कपडाले घाँटी कसेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए । पौडेलको मृत्यु भएपछि उनले घाँटीमा लगाएको सुनको सिक्री निकाली भान्छा कोठाको दराजमा लुगाएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।…
बाग्लुङ – बागलुङको इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सइ) उज्वल पौडेल मृत फेला परेका छन् । बडिगाड गाउँपालिका-६ स्थित आशा होटलको तल्लो तलामा पासो लगाएको अवस्थामा पौडेल मृत फेला परेको बागलुङकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले जानकारी दिइन् । ‘होटेलको तल्लो तलामा पर्दाको पासो लगाएर झुण्डिएको र होटेल साहुजीको छोराले देखेर काटेको अनि वडाध्यक्षलाई खबर गरेको भन्ने खबर छ,’ उनले भनिन्, ‘अनुसन्धानका लागि होटेल साहुनी र छोरालाई प्रहरीले चौकीमा पठाएको छ ।’ घटनास्थलमा रहेका बडिगाड गाउँपालिकाका उपाध्यक्ष भिमसेन वनका अनुसार घटना सोमबार राति साढे १२ बजेतिरको हो । घटना भएपछि होटेल सञ्चालकले १ बजेतिर वडाअध्यक्षलाई फोन…
कपिलवस्तु – अनुदानको मल ससुरालीमा लुकाउने सहकारीका अध्यक्ष पक्राउ परेका छन् । एक साताअघि कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नम्बर ३ स्थित ओम सहकारी संस्थाका अध्यक्ष भागिरथी यादवले कृषि सामग्री कम्पनी लिमिटेडबाट साढे २९ क्वीन्टल डिएपी र १४ क्वीन्टल युरिया खरिद गरेर लगे । किनेको मल उनले सोही गाउँपालिका वडा नम्बर ६ स्थित आफ्नै ससुरा बनारसी यादवको घरका पुर्याएका थिए । ससुरालीको घरमा लगेको मल उनले बढी पैसा लिएर केही बोरा डिलर र अन्य मानिसहरूलाई बिक्री गरे । कृषकहरूले यो कुरा थाहा पाएपछि हल्ला चल्यो । सामाजिक सञ्जालमा समेत यो कुरा बाहिर आयो । अध्यक्ष यादवको उक्त क्रियाकलाप सार्वजनिक भएपछि प्रहरीले…
गुल्मी- पछिल्लो तीन बर्षयता गुल्मीमा राहदानी बनाउनेको संख्या ह्वात्तै बढेको छ ।गुल्मीमा आर्थिक वर्ष ०७९÷०८० मा राहदानी लिने संख्यामा बृद्धि भएको छ । जसले गर्दा राजस्व संकलनमा पनि बृद्धि भएको हो । जिल्ला प्रशासन कार्यालय गुल्मीले बुधबार सार्वजनिक गरेको वार्षिक प्रगती प्रतिवेदनमा यस वर्ष १५ हजार ८६ जनाले राहदानी लिएको तथ्याङ्कमा उल्लेख छ । जिल्लामा राहदानीबाट मात्रै एक आर्थिक वर्षमा ७ करोड ३१ लाख ९० हजार राजस्व संकलन भएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत नरेश गिरीले बताउनु भयो ।अघिल्लो आर्थिक वर्ष ०७८÷०७९ मा ७ हजार ४ सय ९ जनाले राहदानी लिएका थिए । अघिल्लो आर्थिक वर्षमा ३ करोड ७१…
गुल्मी – लुम्बिनी प्रदेशकै ऐतिहासिक तथा धार्मिक पुण्यभूमि रेसुंगामा यस वर्ष बलि पुजा नहुने भएको छ । श्रावण महिनामा मलमास, दुई औंशी र पाँच सोमबार परेको हुनाले यो महिनाको आफैमा अत्यन्त ठुलो धार्मिक महत्व रहेकाले धार्मिक तथा पौराणिक नीति अनुसार बलि पुजाका लागि निधेष भएकाले यस वर्ष रेसुंगामा बलि पुजा नहुने भएको हो । त्यस समयमा प्रकाण्ड विद्धानबाट श्रावण ७ गते देखि ११ गतेसम्म पुरुषोत्तम मासको महिमाको बारेमा पुरुषोत्तम महात्म्यको पाठपारायण तथा कथा वाचन हुने रेसुंगा संरक्षण समितिका सहसचिव यज्ञप्रसाद शर्मा पन्थीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,-‘साउने मेलाको अवसरमा यज्ञशाला परिसरमा मलमासको महत्व के हो ?, मलमासमा के गर्नुहुन्छ ?…
गुल्मी – गुल्मीको रेसुङ्गा नगरपालिका गुल्मीले अन्दाजी ३०/३२ बर्षकी युवतीलाई आइतबार दिउँसो उद्दार गरेकाे छ । मानसिक सन्तुलन गुमाएकी बेसहारा महिलाको रेसुङ्गा नगरपालिकाले उपचारको लागि बुटवल पठाएको हो । नगरपालिकाले उक्त महिलालाई आइतबार दिउँसो एक बजे ३ प्रहरीको सहयोगमा नगरकै सरकारी गाडीमा बुटवल पठाएको हो । उक्त महिलालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल रुपन्देही पठाइएको नगरपालिका उपप्रमुख अमृतादेवी कुँवरले बताइन् । बेसहारा महिला हिजो गुल्मीदरबार गाउँपालिका वडा नम्बर७ मा स्थानीय नागरिकलाई कुटपिट गरेर उशृङखल गतिविधि गरिरहेको अबस्थामा भेटेपछि प्रहरीले गुल्मी अस्पताल ल्याएको थियो । उनको नाम, ठेगाना केही खुलेको छैन । बेला-बेलामा आक्रामक बन्ने र अस्पतालमा बसिरहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई…
आजको पञ्चाङ्ग वि. सं. : २०८० श्रावण १ गते सोमबार इ.सं. : 17th July 2023 (Monday) सूर्योदय : विहान ०५:२० बजे सूर्यास्त: बेलुका १८:५९ बजे तिथि : औंशी १२४८ सम्म, तत्पश्चात् प्रतिपदा पक्ष : शुद्ध श्रावण कृष्णपक्ष नक्षत्र : आज मिति २०८० साउन ०१ गते सोमबार । आजको दिन सबै १२ राशिका लागि महत्वपूर्ण रहनेछ। केही राशिका लागि आजको दिन निकै राम्रो रहनेछ । आजको राशिफल पढ्नुहोस् । मेष – छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। समयतालिका नमिल्दा योजना अधुरै रहनेछ। हल्लाको पछि लाग्दा व्यर्थैमा दु:ख पाइनेछ। आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान्। तर मिहिनेत गर्दा बौद्धिक क्षेत्र…
आज मिति २०८० असार २१ बिहिवार । आजको दिन सबै १२ राशिका लागि महत्वपूर्ण रहनेछ। केही राशिका लागि आजको दिन निकै राम्रो रहनेछ । आजको राशिफल पढ्नुहोस् । मेष – छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। समयतालिका नमिल्दा योजना अधुरै रहनेछ। हल्लाको पछि लाग्दा व्यर्थैमा दु:ख पाइनेछ। आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान्। तर मिहिनेत गर्दा बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। सहपाठीहरूलाई उछिन्दै पुरस्कार, प्रशंसा आदि प्राप्त गर्न सकिनेछ। वृष – हतारको निर्णयले काम रोकिन सक्छ। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्ला। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। विशेष…
सुचना बिभाग दर्ता नं. २८६४/२०७८-०७९
अध्यक्ष तथा संचालक : मनोज कार्की
सम्पादक : मदन भण्डारी
व्यावस्थापक : भगवती लम्साल
रेसुङ्गा नगरपालिका -२ तम्घास, गुल्मी ।
९८५७०६७७३८
infochhadkenews@gmail.com