सुचना बिभाग दर्ता नं. २८६४/२०७८-०७९
अध्यक्ष : वसन्त अधिकारी
सम्पादक : सरिता पौडेल
रेसुङ्गा नगरपालिका -२ तम्घास, गुल्मी ।
९८५७०६४२५२
infochhadkenews@gmail.com
छड्के न्युज डट कम २०७८ असोज ८ गतेबाट छड्के मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । छड्के न्युजमा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई (infochhadkenews@gmail.com) मा मेल पठाउन वा ९८५७०६४२५२ फोन गर्न सक्नुहुने छ ।
बडिगाड खोलामा एक महिलाको शव फेला परेको छ। ढोरपाटन नगरपालिका वडा नं २ खोल्टुबोट नजिकै अर्धनग्न अवस्थामा महिलाको शव फेला परेको स्थानीयले बताएका छन्। कसरी घटना भएको हो कुनै तथ्य अहिलेसम्म बाहिर आएको छैन । अहिले ईलाका प्रहरी कार्यालय बुर्तिबाङको टोली पुगेको छ। मृतकको पहिचान हुन सकेको छैन भने घटनाबारे प्रहरीले अनुसन्धान अगाडी बढाएको छ ।
गुल्मी चन्द्रकोट गाउँपालिका, गुल्मीको स्थानीय पाठ्यक्रममा आधारित आधारभूत तह कक्षा १-८ का स्थानीय पाठ्यपुस्तक ‘हाम्रो चन्द्रकोट’ को एक कार्यक्रमका विच विमोचन गरिएको छ। गाउँपालिकाद्वारा आयोजित स्थानीय पाठ्यपुस्तक विमोचन कार्यक्रममा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण बहादुर खत्री, गाउँपालिका अध्यक्ष युवराज खत्री क्षत्री, उपाध्यक्ष विष्णु प्रसाद भण्डारी, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख लोकनाथ मरासिनी लगायतका अतिथिहरुद्वारा स्थानीय पाठ्यपुस्तक ‘हाम्रो चन्द्रकोट’ सयुक्त रूपमा पाठ्यपुस्तकको विमोचन गरिएको थियो। विमोचन कार्यक्रम गाउँपालिका अध्यक्ष क्षत्रीको अध्यक्षता, जिल्ला समन्वय समिति गुल्मीका प्रमुख खत्रीको प्रमखु आतिथ्यता, गाउँपालिका उपाध्यक्ष भण्डारी, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख मरासिनी, वडा अध्यक्षहरू तथा कार्यपालिका सदस्यहरू, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक,…
बसन्त अधिकारी/ गुल्मी मुसिकोट नगरपालिका ७ झेदी र मुसिकोट ३ नौबिसे जोड्ने बडिघाट खोलाको पुल बनाउने भन्दै निर्माण ब्यवसायीले दुई वर्षसम्म मुसिकोटका जनताको आंखा छारो हालेको छ । गत बर्ष नै टेन्डर भएर काम शुरु गर्ने भनिए पनि निर्माण ब्यवसायीले काम सुरु नगरेको र समन्धित निकाय मौन रहेकोले जनताहरु निरास भएको स्थानिय मधु घिमिरेले बताउनु भयो । मुसिकोट नगरपालिका- २,३,४ र नगरको केन्द्र मुसिकोट -७, वामी टक्सार जोड्ने मुख्य सिमानामा रहेको यो नाकामा गाडी आवातजावतको लागि पुल नहुदा उक्त वडाका जतताहरुले सास्ती भोगिरहेको र झलुङे पुलबाट मोटरसाइकल कष्टले आवाज जावत गरेपनी पुल समेत बाङो भएकोले बेला बेला दुर्घटना भैरहेको मुसिकोट…
गुल्मी/मुसिकोट नगरपालिका ३ को वडा कार्यालयको जग्गा छनौटमा विवाद भएको छ । विगत १ वर्ष पहिले वडाका केहि प्रतिनिधी र राजनितिक दलका प्रतिनिधि बसेर वडा कार्यालयको लागि अनुचित जग्गा सिफारिस गरि नगर कार्यपालिकामा सुटुक्क पठाएको भन्दै विवाद भएको हो । वडा कार्यालयको लागि मुसिकोट ३ मैदान भन्दा माथी पर्ने, भौगोलिक हिसाबले नमिलेको, जग्गामा जान निकास नभएको, घडेरी बनाउदा धेरै खर्च लाग्ने र पाखो जमिन भएकोले जग्गा भन्दा तल रहेका घर जोखिम तथा विस्तपित समेत हुने भन्दै उक्त घडेरी वडा कार्यालयका लागि पास गरे जनताहरु सडकमा उत्रने चेतावनी समेत दिएका छन । छनौट गरिएको जग्गा हाम्रो घरभन्दा माथी छ, तल हाम्रा…
बसन्त अधिकारी, गुल्मी पशुपति नि.मा.वि. मुसिकोट-०४, दजाकोटले आफ्नो ६७औं वार्षिकोत्सब २ दिने कार्यक्रमका साथ सम्पन्न गरेको छ । हरेक वर्षको पौष ११ र १२ गते गरिदै आएको विद्यालयको वार्षिकोत्सब यस वर्ष पनि भब्य कार्यक्रमका साथ गरिएको विद्यालयका प्रधानाध्यापक दुर्गा राकसकोटीले बताउनु भयो । वार्षिकोत्सब कार्यक्रममा सरस्वती पूजा, विद्यार्थीको मार्च पास, सामुहिक कला प्रदर्शन, अन्तरसदानात्मक रेकर्ड डान्स, गाउँ खाने कथा, रिले दौड, एकल गायन, अभिभावक स्तरीय बेलुन नाच तथा रस्साकस्सी प्रतियोगिता लगाएत कार्यक्रम गरिएको शिक्षक कृष्ण भट्टराईले बताउनु भयो । बच्चाहरुको सामुहिक कला प्रस्तुति अरु भन्दा भिन्न र स्थानिय उत्पादन तथा कागजबाट बनाइएका सामाग्री प्रयोगले कार्यक्रम थप आकर्षक बनेको थियो ।…
गुल्मी/ मुसिकोट नगरपालिका ७, चिसापानी काफलटोल स्थायी घर भै हाल जापानको टोकियो बस्दै आएका सागर सापकोटाको यहि पौष ११ गते राती असमायिक निधन भएको छ । जापानको टोकियोस्थित आफ्नो श्रीमती सहित निप्पोरीमा बस्दै आएका सापकोटा आफ्नै कोठामा सुतिरहेकै अवस्थामा मृत फेला परेका हुन । मृत सापकोटाको अन्तिम संस्कार तथा अन्त्यष्टिको लागि वामी सेवा समिती जापानले आर्थिक संकलन अभियान शुरुवात गरेको छ भने सहयोगको लागि सबैलाइ अपिल गरेको छ ।
गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीले बुधवार एकैदिन चोरीमा संलग्न १२ जना व्यक्तिलाई पक्राउ गरेर सार्वजनिक गरेको छ । जिल्लाका विभिन्न ६ ठाउँमा भएका छुट्टा छुट्टै चाेरीका घटनामा संलग्न भएकाे आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेर डाँकाचोरी मुद्दा दर्ता गरेको छ । प्रहरीले थप अनुसन्धानकाे लागि १२ जनालाई हिरासतमा राखेकाे छ । यसरी डाँकाचोरी मुद्दामा एकैदिन १२ जना हिरासतमा गएको जिल्लामा नै याे पहिलो घटना हुन सक्ने जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरीक्षक नविन किशोर प्रधानले जानकारी दिए । कुन-कुन घटनामा को-को पक्राउ परे ? पक्राउ पर्नेहरुमा सबैजना गुल्मी जिल्लाकै युवाहरू छन् । ईस्मा गाउँपालिका–५ सिराराका २० वर्षीय सागर गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।…
ठगीको आरोपमा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुली कार्यालयबाटै पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयको टोलीले आज दिउँसो पराजुलीलाई कार्यालयबाटै पक्राउ गरेको हो। प्रमुख प्रशासकीय अधिकृत पराजुली कास्कीको सहकारी रजिस्ट्रारको कार्यालय पोखरामा सेवारत हुँदा सहकारीको रकम ठगी प्रकरणमा मुछिएका थिए। सहकारी रजिस्ट्रार रहेका वेला निजले मित्रमिलन बचत तथा ऋण सहकारीको कार्यक्षेत्र विस्तार गर्ने क्रममा घुस लिएको आरोप थियो। कास्की प्रहरीको अनुरोधमा पर्वत प्रहरीले निजलाई पक्राउ गरेर कास्की पठाएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक खुमलाल भुसालले जानकारी दिए। तत्कालीन रजिस्ट्रार पराजुलीलाई रु. एक करोड पाँच लाख घुस लिएको आरोप लागेको छ। रासस
छड्के संवादाता/ गुल्मी मुसिकोट बचत तथा ऋण सहकारी संस्था लि. मुसिकोट-३, गुल्मीको चौथो वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सभामा संस्थाका अध्यक्ष कर्ण बहादुर घर्ती क्षेत्रीले अध्यक्षको प्रतिवेदन र लेखा सुपरिवेक्षण समिती संयोजक बसन्त अधिकारीले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । स्थापनाको छोटो समयमा गुल्मीको मुसिकोटमा आफ्नो छुट्टै पहिचान बनाउन सफल यो सहकारीले आ.व. २०७९/०८० मा शेयर सदस्यलाइ ६% लाभांश र ४ % संरक्षित पूंजी फिर्ता कोष वितरण गर्ने संस्थाका अध्यक्षद्दारा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ । यस बचत तथा ऋण सहकारी संस्था लि. मुसिकोट-३,गुल्मीको मिति २०८० मंसिर १२ गते बसेको संचालक समितिको बैठकले यस संस्थाको चौथो वार्षिक…
गुल्मी: एक पुरुषलाई परिबन्दमा पारेर १८ लाख रुपैयाँ असुलेको आरोपमा तीन महिलालाई जिल्ला अदालत दाङले डेढ वर्ष कैद सजाय सुनाएको छ । दाङका एक पुरुषलाई होटेलमा खाजा खान बोलाएर बलात्कारको मुद्दा हाल्ने धम्की दिँदै १८ लाख रुपैयाँ असुलेको आरोप लागेका तीन महिलालाई जिल्ला न्यायाधीश जगतबहादुर पौडेलको एकल इजलासले जनही डेढ वर्ष कैद र जरिवाना गर्ने फैसला गरेको हो । अदालतले घोराही उपमहानगरपालिका–१५ की ३२ वर्षीया सीतादेवी थापालाई डेढ वर्ष कैदसँगै १५ हजार रुपैयाँ, ३५ वर्षीया खुमा वली र ३२ वर्षीया सुष्मा परियारलाई डेढ वर्ष कैदसँगै जनही १० हजार रुपैयाँको फैसला भएको जिल्ला अदालत दाङका श्रेस्तेदार दामोदर घिमिरेले जानकारी दिए ।…
सुचना बिभाग दर्ता नं. २८६४/२०७८-०७९
अध्यक्ष : वसन्त अधिकारी
सम्पादक : सरिता पौडेल
रेसुङ्गा नगरपालिका -२ तम्घास, गुल्मी ।
९८५७०६४२५२
infochhadkenews@gmail.com