गुल्मी चन्द्रकोट गाउँपालिका, गुल्मीको स्थानीय पाठ्यक्रममा आधारित आधारभूत तह कक्षा १-८ का स्थानीय पाठ्यपुस्तक ‘हाम्रो चन्द्रकोट’ को एक कार्यक्रमका विच विमोचन गरिएको छ। गाउँपालिकाद्वारा आयोजित स्थानीय पाठ्यपुस्तक विमोचन कार्यक्रममा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण बहादुर खत्री, गाउँपालिका अध्यक्ष युवराज खत्री क्षत्री, उपाध्यक्ष विष्णु प्रसाद भण्डारी, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख लोकनाथ मरासिनी लगायतका अतिथिहरुद्वारा स्थानीय पाठ्यपुस्तक ‘हाम्रो चन्द्रकोट’ सयुक्त रूपमा पाठ्यपुस्तकको विमोचन गरिएको थियो। विमोचन कार्यक्रम गाउँपालिका अध्यक्ष क्षत्रीको अध्यक्षता, जिल्ला समन्वय समिति गुल्मीका प्रमुख खत्रीको प्रमखु आतिथ्यता, गाउँपालिका उपाध्यक्ष भण्डारी, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख मरासिनी, वडा अध्यक्षहरू तथा कार्यपालिका सदस्यहरू, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक,…
Read More