काठमाडौ – टेलिभिजन कार्यक्रम चलाएर लोकप्रियता बटुल्दै राजनीतिमा प्रवेश गरेका र उपप्रधान तथा गृहमन्त्रीसमेत भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिङ्गै मिडिया क्षेत्रलाई दोषारोपण गरेका छन् । सरकार छाड्ने पार्टी निर्णयबारे जानकारी दिन आज अपरान्ह आयोजित पत्रकार सम्मेलनमा उनी केही मिडिया र सम्पादकको नामै लिएर आक्रमणमा उत्रिएका हुन् । पार्टी कार्यालयको आँगनमा पत्रकारहरुलाई बोलाएर पत्रकारिता क्षेत्रमाथि नै खनिएका उनले नेपाली मिडिया क्षेत्र कामै नलाग्ने तहमा बिग्रिएको आरोप लगाए । कान्तिपुर, अन्नपूर्ण पोष्ट,अनलाइन खबर, सेतोपाटीलगायत केही मिडिया र सम्पादकको नामै लिएर उनले पत्रकारिताको आवरणमा दलाली गरिरहेको दावीसमेत गरेका छन् । मिडिया सञ्चालक र सम्पादकले स्वार्थको द्वन्द्व हुनेगरी बार्गेनिङ्ग…
Read More