मंसिर १५, गुल्मी – मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा निर्वाचित जनप्रतिनिधि गाउँ–गाउँमा पुगेर खुसी साट्दै मतदातालाई धन्यवाद दिन व्यस्त देखिनुभएको छ। गुल्मी निर्वाचन क्षेत्र नम्बर-१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका नेता डा.चन्द्र भण्डारी आफ्नो निर्वाचन क्षेत्रमा मतदातालाई धन्यवादसँगै बधाई दिन व्यस्त हुनुहुन्छ। जिल्लाको सदरमुकाम तम्घासदेखि विजय र्यालीमार्फत मतदातालाई धन्यवाद दिन सुरु गर्नुभएका भण्डारीले कालीगण्डकीको हर्मीचौर, अर्बेनी, फोक्सिङ्ग, जयखानी, भुर्तुङ्ग, खड्गकोट पुग्नुभएको छ। चन्द्रकोट गाउँपालिकाको ग्वाघा, शान्तिपुर, रुपाकोट, तुराङ्ग, सत्यवती गाउँपालिकाको जोहाङ्ग, जुनिय हुँदै रुरुक्षेत्र गाउँपालिकाको रिडी, छत्रकोट गाउँपालिकाको खज्र्याङ, दिगाम, दौंगाका मतदातालाई धन्यवाद दिनुभएको हो। उहाँले जित विकास पक्षधरको भएको बताउनुभएको छ।…
Read More